• होमपेज
  • समाचार
  • मन्त्री पाण्डेद्वारा विभागीय प्रमुखहरुसँग छलफल,फिल्डमा नतिजा देखिने गरी काम गर्न निर्देशन

मन्त्री पाण्डेद्वारा विभागीय प्रमुखहरुसँग छलफल,फिल्डमा नतिजा देखिने गरी काम गर्न निर्देशन

  • बुधबार, भदौ १२, २०८१
मन्त्री पाण्डेद्वारा विभागीय प्रमुखहरुसँग छलफल,फिल्डमा नतिजा देखिने गरी काम गर्न निर्देशन

काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन । उनले भने, मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।
मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन । उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दवाव,प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरेका छन ।
उहाँले मन्त्री,सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै ईमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिएका छन । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन  ।

चर्चामा

सम्बन्धित समाचार