• होमपेज
  • फुटबल
  • नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

  • बुधबार, भदौ १२, २०८१
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

काठमाडौं– बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए ।

त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।

नेपालका लागि एक गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका हुन् ।

योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार