बैतडी– जिल्ला मेलौली नगरपालिका २ रौतगाउ बस्ने राम दत्त भट्टको आर्थिक समस्याका कारण उपचार हुन सकेकाे छैन। भट्ट हाल काठमाण्डाै स्थित वीर अस्पतालमा उपचारत छन । उनलाइ बैसाख महिनामा हर्नियाको अपरेसन भएकाे पारिवारीक श्राेतले जनाएकाे छ । अलिअिलि सुधार भएकाे भए पनि त्यसपछि साउनमा पिसाब नलिमा पत्थरीको अप्रेसन भएकाे आफन्तले बताएका छन।
१ महिना नबित्दै फेरि उनलाई १०४.डिग्रि ज्वरो आयो अनि धनगढीकाे अस्पतालमा ७,८ दिन आइसियूमा राखेर उपचार गर्दा पनि निकाे नभए पछी काठमाण्डाै लगिएकाे आफन्तहरु बताउछन । उनी अहिले काठमाडौं वीर अस्पतालमा उपचारत छन, उनको किड्नीमा खराबी भएको हुनाले अप्रेसन गर्नुपर्ने डाक्टरले बताएका छन, तर आर्थिक समस्याले उनको अप्रेसन राेकीएको आफन्तले बताएका छन, उनका आफन्तले सहयाेगका लागि अपिल समेत गरेका छन ।
सहयोगका लागि:-
Ac no :- 2150178975200001
Kumari Bank
Dij raj Bhatt
9868877803 ( कृपया सेयर गरेर पनि सहयोग गरिदिनुहोला!