• होमपेज
  • कला /साहित्य
  • कसैले पनि दिंदैन आफु नअघाए सम्म

कसैले पनि दिंदैन आफु नअघाए सम्म

  • आइतवार, भदौ ९, २०८१
कसैले पनि दिंदैन आफु नअघाए सम्म

कसैले पनि दिंदैन आफु नअघाए सम्म,
आफ्नै भुँडी भर्छन् सबैले अटाए सम्म।

दुध कहाँ दिन्छन् बाबु नानिलाई आमाले,
जबसम्म रोएर बालकले नअत्ताए सम्म।

तिमी भन्छौ राजनीति गर्नै हुदैन हामीहरू,
हक मिल्दैन सडकमा नारा नलगाए सम्म।

कसलाई फुर्षत छ महङ्गाइको जमाना हो,
विकाश हुँदैन यहाँ दलाल न धपाए सम्म।

भ्रष्टाचार कहाँछैन देशको कुनाकुनमा हेरौँ,
जनताको काम हुँदैन दस्तुर नबुझाए सम्म।

हो लुट्नै ढुकेर बस्छन् आफ्ना भनौँदाहरू,
सापट पनि फिर्ता हुँदैन सातो नखाए सम्म।

चर्चामा

सम्बन्धित समाचार