• होमपेज
  • समाचार
  • आजका युवाहरूलाई नेल हतकडी कस्तो हुन्छ थाहै छैन : प्रधानमन्त्री ओली

आजका युवाहरूलाई नेल हतकडी कस्तो हुन्छ थाहै छैन : प्रधानमन्त्री ओली

  • शनिबार, भदौ ८, २०८१
आजका युवाहरूलाई नेल हतकडी कस्तो हुन्छ थाहै छैन : प्रधानमन्त्री ओली

काठमाडौँ —प्रधानमन्त्री केपी शर्माओलीले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको बताएका छन् । शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै आफू १४ वर्ष जेल बसेको लगायतका सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको बताए ।

उनले भने– ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नुपरेको थियो, जेलमा बस्नुपरेको थियो । गोलघरमा बस्नुपरेको थियो, नेल हतकडी लगाउनुपरेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ जान्न पनि गाह्रो होला ।’

उनले आफ्नो जीवन संघर्षबारे थप भने, ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ । १८ वर्षको उमेरमा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो । ५३ सालका लागि तोकेर मलाई जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्ष जेल बसेपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो । कानुनी राज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्वक थुनिएको थिएँ महाराजको माफीले छुटेको होइन, कसैले माफी दिएको होइन । यस्तो धेरै भोगेको छु जिन्दगीमा ।’

चर्चामा

सम्बन्धित समाचार