• होमपेज
  • मनोरञ्जन
  • ‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै कक्रोच

‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै कक्रोच

  • शुक्रबार, भदौ ७, २०८१
‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै कक्रोच

काठमाडौं —टेलिभिजन श्रृंखला ‘सक्किगो नि’को टिम यतिबेला कथानक फिल्म ‘लाज शरणम्’ छायांकनको तयारीमा जुटेको छ । निर्माता हप्तैपिच्छे आबद्ध कलाकारको घोषणा गरिरहेका छन् ।

कास्टिङ हेर्दा यसमा सिरियल र फिल्ममा नाम चलेका कलाकारको पल्टन नै देखिन्छ । यो सूचीमा थपिएका छन् कक्रोच नामले प्रसिद्धि सिरियल कलाकार हरिश निरौला ।

निर्मातासँग उनको लिखित सहमति भएको छ । भदौ तेस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको फिल्ममा कक्रोचले दर्शकलाई मनोरञ्जन दिने निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ले बताए । कक्रोचले यो फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

यसअघि सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, मुकुन्द श्रेष्ठ, विजय बराल, माला लिम्बू, रामभजन कामत, बबिन राई ‘गल्फने बाजे’, प्रियना आचार्य ‘मुन्नी’, महेश त्रिपाठी र रेनुनाथ योगी अनुबन्धित छन् ।

फिल्ममा सीताराम कट्टेल धुर्मुस पनि जोडिने चर्चा छ । यो फिल्म यतिबेला पूर्वतयारीको काममा जुटेको छ । प्रदर्शन मिति आउँदो महाशिवरात्री अर्थात् फागुन १४ गतेलाई तय गरिएको छ । फिल्मलाई जेपीटी क्रिएसनले निर्माण गर्न लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार