• होमपेज
  • समाज
  • तनहुँ बस दुर्घटना : चिकित्सको टोली लिएर सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

तनहुँ बस दुर्घटना : चिकित्सको टोली लिएर सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

  • शुक्रबार, भदौ ७, २०८१
तनहुँ बस दुर्घटना : चिकित्सको टोली लिएर सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

काठमाडौं— तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए ।

उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ ।

दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार