• होमपेज
  • फुटबल
  • साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

  • बिहिबार, भदौ ६, २०८१
साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ए को विजेता टुङ्गो लाग्नेछ ।

पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ । बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ ।

समूह बीमा रहेको भारतसँगको सम्भावित सेमिफाइनल भेट टार्नका लागि नेपाल समूह एको विजेता बन्ने लक्ष्यमा छ । समूह बीमा शुक्रबार हुने भारत र माल्दिभ्सबीचको समूहको अन्तिम खेलपछि सेमिफाइनल समीकरण तय हुनेछ । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइएको छ र दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार