विदेश जानेहरुको भीषा लागे जस्तै यसपाली मेरो बडिमालीकाका यात्राको पनि भीषा लाग्यो । बडिमालीका यात्रा गर्न पाए हुन्थ्यो भन्ने मेरो चार पाँच वर्ष अगाडीको सपना थियो । यसपाली बझाङका प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुुइकेल सर संग सम्पर्क गर्दा उहाँकै टोली संग जाने अवसर मिल्यो । मेरो लागी यो पहिलो पटक बडिमालीकाको यात्रा निकै सहज र वजनदार रह्यो । यस्ता लामा यात्रा गर्न समय अवसर परिस्थीति सवैले साथ दिनुु पर्दो रहेछ ।
सुदुुर पश्चिमको प्रसिद्ध प्राकृतिक धार्मीक शक्तिपिठ मेला हो बडिमालीका । बडिमालीका पर्वको अवधी साउन ३० गते वाट भाद्र ३ गते सम्म थियो । श्रावण शुक्ल चतुर्दशीमा देखी जनै पुुणर्िमा सम्म मालीका दर्शन गरि सक्नुु पर्ने रहेछ । हाम्रो टोली साउन ३० गते बझाड सदरमुकाम वाट राजमार्गको गाडी यात्रा गरि राती बाजुरा मार्तडी बास भयो । सिडियो अफिसको गाडी र साथमा सिडियो साप , डिभिजन बन कार्यालय हाकीम , सशत्र प्रहरी प्रमुख उहाँका सहयोगीहरु र ड्इभर सहित हामी ८ जनाको टोली थियौ ।
साउन ३१ गते हाम्रो टोली बाजुरा मार्तडी सदरमुकाम वाट बडिमालीका यात्राको लागी उकालो चड्यौ । बाजुरा सिडियो कार्यालय नजिकै रहेको बडिमालीका नगरपालीकाको अफिसियल पुजा सामाग्री बोकेर हिडेको पेटारो टोली पनि बाजा गाजा सहित हिडि रहेको थियो । यात्रामा हिडेकी पुर्व पत्रकार अहिले नगरपालीकाकी उप मेयर नन्दा थापा बहिनी संग पनि भेटघाट र केहि भलासुकाली भयो । बाजुराको मार्तडी माथीको मन्दिरमा सुुरक्षा निकाय वाट सलामी साथ पुजा गरि सरकारी टोली पुजा सामाग्री लिएर बडिमालीका जाने प्रचलन रहेछ । यसपाली बाजुराका सहायक प्रजिअ रुपक मण्डेलको टोली माथी जादै थियो ।
मन्दिरमा महिलाहरुले मागल फाक गाएको सुनियो । स्थानिय मौलीक पहिरनमा सजिएका यहाँका महिला र उनिहरुले जमरा बोकेका र लगाएका थिए । सरकारी टोली र पेटारो लाइ स्वागत गरि विदाइ गर्ने मन्दिरको यो छेण पनि यो पर्वको सुन्दर पक्ष रहेछ ।
यो पुजा सामाग्री बोकेको टोली संग हामी पनि संगसंगै थियो । जुुम्ला कालीकोट डोटी वाट पनि यस्ता सरकारी टोली आउने रहेछन । हुम्ला जुम्ला कालीकोटका मान्छेहरु आउने माथील्लै बाटो भएपनि अन्य नेपालका अधिकाँस मानिसहरु मार्तडीको बाटो भएर नै जाने रहेछन । बडिमालीका यात्रा गर्नेहरुका लागी मार्तडीको बाटो हिडेर त्रिबेणी स्नान गरि बडिमालीका दर्शन गरेर नाटेश्वरी मन्दिर भएर झनु नै उपयुक्त गन्तव्य रहेछ । बडिमालीका जाँदा मार्तडी माथी उकालो बाटोमा बालबालीकाहरुले कोसेलीहरु थापेका थिए । विच बाटोमा राखीएका यि कोसेलीहरुमा सानो पुजा थाली, भगवानका फोटा , धुप बत्ती सल्काएको टिका राखेको थियो ।
सवै कोसेलीहरु वाट भक्तजनहरुले आफैले टिका लगाएर वा टिका लगाइ मागेर सानो दक्षिना पैसा दिनुु यो पर्वको मौलिक विशेषता देखीयो । मार्तडी तर्फ उकालो हिड्दा खेरी विच वाटोमा कोसेली राखेर दक्षिना माग्ने बालबालीकाहरु देखीए भने मालीका दर्शन गरि नाटेश्वरी भएर झर्दा खेरी पनि बाटोमा यस्तै टिका थाल समातेर टिका लगाउने दक्षीना माग्ने बालबालीकाहरु थुर्पै थिए । बडिमालीकाको यो पर्वमा बालबालीकाहरुले कोसेली थाप्ने संकृती पनि मेलाको सुुन्दर पक्ष लाग्यो मलाइ । यो प्रचलन कायम राख्नुपर्ने देखीन्छ । तर भक्तजनहरुले पाँचपाँच दशदश का खुुद्रा पैसा बोकेर लिनुु पर्दो रहेछ । त्यो मलाइ पनि महसुुस भयो । कोसेली थापेका हुन वा टिका थाल समातेर बसेका मार्तडी र नाटेश्वरी तर्फका दुवै वाटोमा स्वागतका लागी बसेका केहि बालबालीकाहरु मेरो दक्षिना बाट छुुटे । यसमा म पश्चाताव छुु कीनकी म संग छुुट्टा पैसा नभएर सवै बालबालीका लाइ दक्षिना दिन सकिएन ।
विहान मार्तडी बाट चिया नखाएर हिडेपनि बाटोमा त्यति समस्या खानको लागी भने कतै भएन । एक दुुइ घण्टाको विचमा बाटो भरी त्रिपाल टाँगेका होटल पसलहरु थिए । यो पर्वको लागी मात्र अस्थाइ रुपमा राखीएका पसलहरुमा चिया , गँहुका रोटी, आलुु चनामटरको सुुप, खिर , मकै, स्याउ , विस्केट दहि दुुध , चाउचाउ लगाएतका खानेकुुरा प्रसस्तै थिए बाटोमा । टाढाको बाटोमा स्वभाविक रुपमा केहि महंगो भएपनि भोकले कसैलाइ सताउदै यो बाटोमा । जाँदा खेरी बाटोमा होस वा त्रिबेणी , मालीका मन्दिर र फर्केने बाटोहरुमा जता ततै अर्गानिक स्थानिय उत्पादन खान पाउनुु यस यात्राको अर्को विषेशता लाग्यो मलाइ ।
विहान ७ बजे बाजुरा सदरमुकाम मार्तडी बाट उकालो हिडेका हामी बेलुका ४ बजे उकालो काटेर समथल भागमा पुुग्यो । त्यो ठाँउ फुुलचढाउने धर्मशाला हो । नौ दश घण्टाको निरन्तर उकालो पछि फेरी एक डेड घण्टा समथल रोड काटेको बाटो हिडेपछि सोता पाटन पुगिन्छ । त्यहाँ नै सवैको बास बस्ने ठाँउ हो । हामी पनि त्यहि बास बसौ । एक दिनको यो यात्राको विच बाटोमा यस्तो मनमोहक दृष्य ठाँउ खासै केहि छैन । तर यहाँ वाट मार्तडी सदरमुकाम क्षेत्र लगायत अन्य जिल्लाका ठाँउहरुको सुुन्दर दृष्य हेर्न सकिन्छ । बोटोमा केहि आराम गर्ने टिनका टहरा बनाएका छन । बाटो केही सुधार गरेको सिडिहरु मिलाएका हुदाँ ठाडै उकालो भएपनि बाटो आरामदायि नै छ ।
बडिमालीका यात्राको लागी मार्तडी बाट एक दिनको पैदल बाटो माथी सोता पाटन सम्म सडक बाटो खोल्ने काम पुुणर् रुपमा सकिएको रहेछ । अहिले बर्खा भएर सडक विग्रको हुदाँ गाडी जान नसकिएपनि हिउदमा बाटो सफा गरेर यहाँ सम्म गाडीमा पुुग्ने गरेको सुनियो । बाटोमा हिड्दा कतै सडक बाटो पनि पर्ने हुदाँ बाटो फराकीलो राम्रो बनाएको देखीन्छ । ट्याक खुली सकेको यो बाटो लाइ आउदाँ वर्षहरुमा सफा गरी गाडीहरु सोता पाटन सम्म जाने वातावरण बाजुराका सरोकारवालाहरुले बनाउनुु पर्ने देखीन्छ । सोता पाटन सम्म गाडी लिन सके मार्तडी देखी सोता पाटन सम्मको एक दिनको उकालो पैदन यात्रा छोटिन्छ । अनि हामी एक दिनमा त्रिबिणीधाम पुुगेर अर्को दिनमा बडिमालीका दर्शन गरि विच बाटोमा फर्कीन सकिन्छ ।
मार्तडी वाट हिडेको टोलीहरु कोही वारी त कोही पारी सोता पाटन भन्ने ठाँउमा बसे । सवैले टेन्ट लिएको हुदाँ सवै टेन्टमानै थिए । तर यहाँ गोठहरु पनि थिए । आधा घण्टा माथी घोडे पाटनमा पनि टोलीहरु बसेका थिए । केहि घण्टाको उकालो वरालो पछि खोला तरेर उकालो बाटो हुदै डौडने पाटन पुगिन्छ । त्यहाँ पहिलो पटक मडिमालीका दर्शन गर्न गएका मान्छेहरुले डौडेने प्रचलन रहेछ । विच बाटोमा मन्दिर छन । पहाडका चुली चुली को यात्रा निकै मनोमहक थियो । ठुुला ठुला हरिया धाँसे मैदानका भित्ताहरुमा चरी रहेका सेता भेडाका बथानहरुले पाटनको सुन्दरता थपीएको थियो । जंगली रंगिविरङ्गी फुलहरु टिप्न र देख्न पाइन्छन । पाटनका टुप्पाहरु वाट हेर्दा तल होचोमा पहाडका डाडाकाँडाहरु र बस्तीहरु देखीन्थे । आखाँले सिधा हेर्दा अपि र साइपाल हिमालको रेन्च देखीन्थ्यो । मालीका वाट हेर्दा भारतको बर्दि केदार नाथ धाम र कैलाश मानसोरवरोको रेन्च पनि देखीने अनुुमान गरिन्छ ।
बाटै पिच्छे मन्दिरहरु थिए । मन्दिरमा धुप बाल्ने, सेतो रातो तुुलहरु चढाउने , बडिमालीकाको जयजयकार गर्ने टोलीहरु पनि थुर्पै थिए बाटोमा । एक जनाले जय माता बडीमालीका भनेर अरु सवै एकै स्वरमा जय भन्थे । यस्तो जयजयकार गर्दै जाँदा थकान मेटिएको महसुस हुन्थ्यो ।
सानो बुफर वाट गित बजाएर हिड्ने टोली पनि निकै थिए । राष्टिय झण्डा बोकेका युवाहरुको टोलीको पनि आफ्नै उत्साह र उमंग थियो । यात्रामा कोही थकाइ मार्दै बसेका हुन्थ्ये । कोही थकाइ मारी हिडेका हुन्थ्ये । भक्तजनहरुको लावालस्कर । नेपालको पुर्वको इलाम देखी पश्चिमको दार्चुला सम्मका यात्रुुहरु बाटोमा भेटीएदा यो यात्राको वणर्न गर्न सकिदो रहनेछ ।
बाटोमा भक्तजनहरुका भारी बोकेर हिड्ने स्थानिय साना बालबालीका देखी युवाहरु सम्म थिए । भक्तजनहरुका भारी बोकेर पनि यो सिजनमा बाजुरा तर्फका स्थानियहरु लाइ सानो कमाइ हुदो रहेछ । सवैको गन्तव्य एउटै थियो तर हिडाइ मात्र फरक थियो हाम्रो । कोहि अलि जोरले हिड्थे त कोहि विस्तारै । ४२ सय मिटर को उचाइमा मालीका भएकाले यस क्षेत्रको बाटोमा केहि सास कम हुने छाती दुख्ने जस्ता सामान्य समस्या आउने गर्दछन । तर सवै माता मालीका प्रति समर्पित थिए सवै लाइ हिडाइमा शक्ति मिलेको आभास हुन्थ्यो ।
दोस्रो दिनको हिडाइमा प्राय सवै थाकी सकेका थियौ । साँझतिर बुडीमाइको थान पाटन भएको ठाँउमा पुगियो । खास यहाँ वाट त्रिबिणीका पाटनहरु सुुरु हुदाँ रहेछन । यहाँ घोडा दौडाउने अवसर पनि मिल्दो रहेछ । केहि भक्तजनहरुले घोडा चढेर फोटा भिडियो गरि रमाइलो गरे । यो ठाँउमा कालीकोटेहरु बस्दा रहेछन उनिहरुकै होटल पसलहरु थिए । त्यहाँ हातले बुुनेका उनका राडीपाखीहरु भक्तजनहरु लाइ बस्नलाइ ओछ्याएका थिए । कमलका फुल भुतकेष जडिबुटी लगायतका औषधी यहाँ विक्रीमा राखेका थिए । बाटोमा साहुजीहरुले आउनुु होस खानुु होस बस्नुु होस भन्थे । अनि केहि आफुले बोकेको र केहि होटलको खानेकुरा खाएर आनन्द लिइन्थ्यो । दोस्रो दिनको बास हाम्रो त्रिबिणी नै हुने भएकाले हामी यि पाटनमा विस्तारै हिडि रहेका थियौ ।
त्रिबिणीधाम नपुुग्दै अलिमाथी निर सानासाना ढुुड्गाको बाटोमा घर बनाउने प्रचलन रहेछ । वरपर हरियो दलदल पाटन क्षेत्र तर त्यहाँ ढुुड्गा भएको खाली ठाँउ अलि चाख लाग्दो आचर्य लाग्दो थियो । अलि दैविक शक्ति जस्तो पनि । हामीले पनि ढुुड्गा थपेर घर जस्तो बनाऔ बर माग्यो । यहाँ घर बनाए मनले सोचेको पुरा हुने जनविस्वास रहेछ । राती त्रिबिणी धाममा नै बास भयो । खप्तड जस्तै दुुइ खोलाको विचमा रहेछ त्रिबिणी । पारी पट्टी कालिकोट वारी पट्टी बाजुरा क्षेत्र हुुनुु पर्छ । तर यहाँ खोला वारी पारीका मन्दिरमा प्रदेश ६ नै लेखीएका थिए । त्रिबिणीमा कुन्ड बनाएको थियो । खोलाको पानी जम्मा गरेर पोखरी जस्तो । भक्तजन हरुलाइ नुहाउन स्नान गर्न सजिलो थियो । यहाँ केही मन्दिर , धर्मशाला र शौचालयहरु र्निमाण र र्निमाणाधिन थिए । जे भएपनि यति टाढाको ठाँउमा केहि संरचना बन्दै र बनि रहेका हुदाँ सरकारी तह वाट यसको व्यवस्थापन भइ रहेको छ भन्ने संकेत देखीन्थ्यो ।
अघिल्लो दिनमै राती मेरो चिसोले टाउको दुखेको हुदाँ राती त्रिबेणीमा पनि टाउको दुुखेको थियो । त्यहाँ टेन्ट त्रिपालले गाँउ जस्तै भएको थियो पाटन क्षेत्र । मान्छेको बाक्लो चाप थियो । केही टोलीहरुले त राती डेउडा खेल लगाएर जाग्राम गरि रहेका थिए । टाउको दुुखेर म टेन्ट भित्र पल्टी रहेको थिए तर एक जना मदिरा सेवन गरेको कालीकोटे हुुँ भन्ने मान्छेले बाहिर सार्वजनिक गाली गरेको सुुने । मलाइ लाग्यो यहाँ पनि को जडिया आएको रहेछ । जेनतेन रात काटेपछि विहान हामी सवै उठियो ।
त्रिबेणीको पोखरी कुण्ड र खोलाका छेउछाउमा स्नान गर्नेको घुुइचो थियो । विहान सुुरुमा जलारी भन्ने भाँडो वाट पानी हाली स्नान गर्ने प्रचलन रहेछ । त्यो जलारी भाँडा बाजुरा र कालीकोटेहरुले तानातान गर्दा अगाडीका वर्षहरुमा झगडा लफडा हुने रहेछ भन्ने कुरा विहान सुनियो । यसपाली पनि जलारी भाँडाको तानातान भयो हामीले जित्औ भनेर एक जना कालीकोटे युुवाले बाटोमा हामीलाइ सुनायो । तर मैले जलारी भने देखेको छैन । अहिले जलारीले स्नान गर्ने प्रचलन झगडा हुन्छ भनेर हटाएको रहेछ । यो जलारी प्रचलनलाइ पनि यहाँ बढवा गर्नु पर्ने मेरो विचारमा लाग्यो । काठका कचौरा भाँडा जस्ता जलारीहरु धेरै बनाएर त्यो भाँडाले स्नान गर्ने प्रचालन बनाएमा यसको महत्व अझै बढ्ने देखीन्छ । जलारी विक्रीमा राख्न सके आर्थिक रुपमा पनि फाइदा हुने साथै जलारीको धार्मीक रुपमा पनि महत्व बढ्ने देखीन्छ ।
हाम्रो टोलीमा बनको हाकीम सर लगायत केही टोलीले त्रिबीणीमा विहान स्नान गरे । केहिले टाउकोमा जल हाल्यो धुपबत्ती गरौ । त्रिबीणी बाट विहान हाम्रो टोली पनि बडिमालीका दर्शनका लागी हिडियो । त्रिबीणी वाट अलि उकालो डाँडा पाटनहरुमा चढ्दै गएपछि त्रिविणी क्षेत्रको सवै पाटन हेर्न सकिन्छ । यहाँ खप्तड भन्दा ठुुला ठुुला पाटन र फराकिलो क्षेत्र बढी रहेछ । स्थानियका अनुसार यहाँ १२ पाटन छन रे । यात्राको तेसा्रे दिन त्रिबीणी वाट मालीका डाडामा जाँदा यो क्षेत्र अझै भौगोलिक रुपमा सुुन्दर रहेछ । यो वाटोमा यात्रा गर्दा पाटनको मनमोहक दृष्य र कुनै स्थानमा निकै डर लाग्दा ठाँउहरु थिए । अग्ला चुलीचुलीमा हिड्नुु पर्ने भएकाले धेरै डाडाहरु र जमिनको भुु भाग सहित कुुहिरो समेत तल देखीन्थ्यो । बाटो तल हेर्दा निछाड भिर र डरलाग्दा खोल्साहरु थिए । बाटोमै कतै अफ्ठेरो ठाँउमा फलामको बार हालेर सहज बनाएको थियो । बडिमालीका टापुमा पुुग्ने पुुग्ने यो बाटोमा छिनछिनमा कुहिरो ढाक्ने र छिनभर कुहिरो हटेर वरपर देखीन्थ्यो । कतिपय भक्तजनहरु यसो हुनुुमा मालीका देवीले वरपर हेर्दा मान्छेहरु डर मान्छन भनेर भगवानले कुहिरो लगाउने गरेको वताउन्थे । वरपर हेर्दा निछाड भिर देखीने डर लाग्ने भएकाले कुहिरो लाग्दा कतै नदेखीने आफ्नो वाटो मात्र देखीने हुदाँ हिड्न सजिलो हुने भक्तजनहरुको अनुभव थियो ।
त्रिबीणी बाट विहान हिडेका हामी मालीका डाडा मन्दिर भएको ठाँउमा दिउसो २ बजे तिर पुगियो । मन्दिरको अलितल पट्टी बासुुधारा छ यहाँको पानी टाउकोमा हाल्दा पुुण्य हुन्छ भन्ने मान्यता छ । भिरमा साँगुरो वाटो भएकाले पानी टाउकोमा हाल्ने र फिर्ता हुने गर्नु पर्छ । यहाँ पुजारी बसेर टिका लगाउदाँ भक्तजनहरु लाइ भिरमा ढिला हुने अप्ठेरो भिडभाड हुने गरेको देखीयो । यहाँ टिका लगाउने बाहुन नबस्दा राम्रो हुने सवैको सुुझाव थियो । मन्दिरको तल वाट नै फलामको रेलिङ र सिडिहरु हुदाँ माथी मन्दिर पुुग्न सहज थियो । हामी मन्दिर पुुग्दा धेरै मान्छेले टेन्ट हाली सकेका थिए । मन्दिर दर्शन गर्नेको पनि ठुुलै दुुइ वटा लाइन थियो । मन्दिर भएको ठाँउको जमिनको टुुपोको आधा क्षेत्र मात्र केहि भिरालो भएकाले त्यहाँनै मान्छेहरुको बस्ने टेन्ट र होटलहरु राख्ने ठाँउ हो । हिड्ने बाटो पनि त्यसैमा भक्तजनहरुको लाइनले मान्ेछहरुको भिडभाड निकै थियो । पछाडीको बाँकी क्षेत्र भिर हो । मन्दिर भित्र मुुल पुजारी एक जना कालीकोटका र एक जना बाजुराका पुजारी बस्ने गरेका थिए । बडिमालीका दर्शन गर्न गएका भक्तजनहरुले आफुले ल्याएको भेटी दान दक्षिना मन्दिरका पुुजारी लाइ दिने र पुुजारीले भित्र वाट नाम सोध्ने र नाम पुकार गरि पुजारीले देवीलाइ उहाँको मनोकाँक्ष पुरा होस भनेर सुुनाउन्थे । पुुजारीले मन्दिर भित्र बाट जे जती हातमा आएको प्रशाद दिए पछि भक्तजनहरुको बडिमालीका दर्शन पुुरा हुुने रहेछ ।
हाम्रो पनि सरकारी टोली भएकाले त्यहाँ खटीएका सुुरक्षा निकायका मान्छेहरु संग सिडियो सरको टोली भनेर जानकारी दिएपछि लाइनमा नबसी मन्दिर दर्शन गर्न पाइयो । हाम्रो टोली त्यहाँ बस्ने भनेर बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले दुुइ वटा टेन्टको व्यवस्था पनि गरि दिएका रहेछन । तर हामी सवै लाइ टेन्ट नपुुग्ने र त्यहाँ बस्न अलि गाह्रो हुने महसुस गरेपछि सानो नास्ता गरेर हामी नाटेश्वरीको बाटो हुदै हिड्ने तयारी भयौ । किनकी राती पानी परेमा ओरालो वाटो चिप्लो हुुन्छकी भन्ेनडर थियो हामी लाइ ।
भक्तजनहरुको लाइन व्यवस्थापनको लागी मन्दिरमा स्वयमसेवकहरु , स्काउटका भाइहरु थिए । तर त्यहाँ ठुुलै लाइन थियो ।लाइनमा भएका सवै भक्तजनहरुको एउटै माग थियो की लाइन छिटो अगाडी बढ्नुु पर्यो । एउटा मन्दिरमा दुुइ पुजारी बस्नुु भन्दा अर्को मन्दिरमा अलग अलग ठाँउमा पुजारी बस्ने व्यवस्था गर्नु पर्यो । पुुजारी थपेर चार पाँच स्थानमा भेटी दान दक्षिना दिने व्यवस्थापन गर्नु परयो भन्ने कुरा बाहिर उठेको थियो ।
तर यहाँ देवी भगवती मालीका लाइ बन्धक बनाएको जस्तो आभास भयो मलाइ । यहाँका मुल पुुजारी र अन्य व्यवस्थापन पक्षहरुले भक्तजनहरु लाइ दुुख दिइ रहेको महसुुस भएको थियो । लाइनमा बसेका मान्छेहरु पाँच दश घण्टापछि मात्र पालो भएको वाटोमा गुनासो गरेका सुनिन्थे । रातभरी लाइनमा बसेको दुखेसो पनि भक्तजनहरुले गरेका थिए । मन्दिरको आगनमा पुजारी बसेर धेरै ठाँउ वाट भक्तजनहरुको भेटी दान दक्षिना बुुझिलिने र प्रशाद दिने व्यवस्थापन गर्नु यस मेलाको सुुधार पक्ष लाग्यो मलाइ ।
यहाँ राती बसे पानी र ट्याइटेल गर्न निकै समस्या रहेछ । त्रिबीणी क्षेत्रमा पनि हजारौ मान्छेको खुला दिसा पिसावले यताउता फोहर थियो । मालीका मन्दिरको ठाँउमा त ठाँउ सानो हुदाँ बस्ने उभिने ठाँउ पनि हुदैन । मन्दिर नजिकै केहि खाली टेन्ट नहालेका ठाँउहरु थिए । तर यहाँ कसैको ठाँउ ओगटेको हुदो रहेछ । ठाँउ भएपनि टेन्ट हाल्न नपाइने उनिहरुको टोली आएर टेन्ट हटाउदाँ रहेछन । हैकम दादागिरी गर्ने यहाँ केही स्थानियहरुको नराम्रो प्रचलन देखीयो यो पक्ष पनि सुधार गर्नु पक्ष यहाँ । ठाँउ धेरै टाढाँ र उचाइमा भएपनि भगवान प्रतीको समर्पण आस्था र त्यहाँको अलौकीक दृश्यले मन आनन्द र एकाग्रह बनाउदो रहेछ । हाम्रो मालीका यात्रामा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी , सुदुुर पश्चिम सशत्र प्रहरीका डिआइजी , प्रहरीका एसपीहरु लगाएत विभिन्न वहदाका कर्मचारी । सामाजिक कार्यकर्ता , कर्मचारी , कलकार हरु संग विच वाटोमा भेटघाट र चिनजान भएको थियो । जाँदा बाटोमा भेटीएका टोलीहरु कोहि मन्दिरमै बसे कोहि फिर्ता हुदै थिए ।
मालीका दर्शन गरेपछि हामी सोहि दिन फर्केर त्रिविणी नगरपालीकाको क्षेत्र विस्नापानी देखी तल चंखेली भन्ने ठाँउमा तिन चार घण्टा जती हिडेर बास बसौ । यहाँ भैसी गोठमा वास भयो । दुध संग रोटि खान पाइयो । यो मेलाको यात्रामा भातभने कतै पकाएको देखीएन । सदरमुकाम मार्तडी वाट बडिमालीका जाँदा दुुइ दिनको उकालो र माथी ठुुला ठुुला पाटनहरुको यात्रा आनन्द थियो भने फर्कीदा खेरी भयंकर उछाड भिरहरु र ओरालो जोखीम बाटो देख्दा कस्तो अचम्मको प्रकृती रैछ भन्ने महसुस गरायो । साना साना मन्दिरहरु पनि देखीने यस वाटोमा मालीका दर्शन गरि आएपछि नाटेश्वरीको मन्दिरमा बोका बली दिने प्रचलन रहेछ । हाम्रो बोका बली दिने योजना नहुदाँ हामी नाटेश्वरी नबसेर हिडी हाल्यौ । कैलासमाण्डुु गाडी चडेर एक आध घण्टा तल झरेपछि बुढीगंगाको खोला तरेर हामी बाम्का प्रहरी चौकी वाट हाम्रँो गाडी चढेर साँझ नै बझाडको लागी हिडियो । विहान चैनपुर पुुग्दा हाम्रो यात्रा ५ दिनको भयो ।
यो वाटो झर्र्दा पनि भक्तजनहरुका लागी बस्ने खानेकुरा प्रसस्तै थियो । बडिमालीका टापुु बाट भिरको टापुटापुु हुदै सिधै ओरोलो बाटो बाजुरा बाम्का बजार आएर टुुगिदो रहेछ । केहि मान्छेहरु बाम्का बजार वाट यो वाटो भएर मालीका पनि जाँदा रहेछन । तर यो बाटो मालीका मन्दिर सम्मै ठाडै उकालो भएकाले विशेष परिस्थिती बाहेक खासै यहाँ बाट कोहि जादैनन् ।
मालीका जान सहजका लागी यो मोहडा वाट पनि अहिले सडक बाटो माथी संम्म काटेको देखीयो । मार्तडी बाट सडक वाटो सोता पाटन सम्म र कैलाशमाण्डौ नाटेश्वरीको यो बाटो विष्नुपानी चंखेली सम्म सडक पहुच गरि गाडीको यात्रा र केबुलकारको व्यवस्थापन गराउन सके बडिमालीका देशकै उत्कृष्ट धार्मीक तथा प्रयटकिय गन्तव्य स्थल बन्ने सम्भावना निकै छ । यस ठाँउको धार्मीक तथा ऐतिहाँसिक महत्व आफ्नै ठाँउमा होला तर प्राकृतिक भौगोलीक सुुन्दरता र डर लाग्दा निछाड भिर पहराहरुको दृष्य अवलोकन गर्नु अर्को विषेशता हो बडिमालीकाको । मलाइ लाग्छ यो विश्वकै अदभुत भौगोलीक बनावटा होला यहाँ । यहाँको जल जमिन जडिबुटीको अध्यन अनुसन्धान गरि यो क्षेत्रलाइ सरकारले बहुु उपयोग गर्न सक्ने सम्भावना प्रसस्त छ । सत्य युुगमा भगवान शिबले सतीदेवीको शरिर लाइ संसार भर घुुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंगहरु खसेको र पछि सोहि स्थानमा देवीको अवतार भएको जन विस्वास अनुसार बडिमालीका पर्वतमा सन १४ सय वर्ष अगाडी देखी यहाँ पुजा हुन थालेको जनविस्वास रहेको छ । बडिमालीका पुुजा सकिए पछि पछिल्लो रात त्यहाँको फोहर सफाहुने गरि ठुुलो पानी पर्ने हुदाँ अहिले पनि यहाँ दैविक शक्ति रहेको स्थानियहरु वताउन्छन । ठुुलो धामीक शक्तिपिठ रहेको बडिमालीका दर्शनले मनले सोचेको र मागेको वर पुराहुने जनविस्वास अहिले पनि रहदै आएको छ । भगवान खोजन हिडेका सवै भक्तजनहरुको कल्याण होस जगत जननी जय बडिमालीका जय जय । ।
जगदीश रोकाया नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष र रेडियो नेपालका पत्रकार हुन ।