• होमपेज
  • कला /साहित्य
  • कागजमा लेखे पनि खै समानता व्यबहार भन्दिनोस्

कागजमा लेखे पनि खै समानता व्यबहार भन्दिनोस्

  • बुधबार, भदौ ५, २०८१
कागजमा लेखे पनि खै समानता व्यबहार भन्दिनोस्

आमा छोरी जात सुरक्षित भएको संसार भन्दिनोस्,
कागजमा लेखे पनि खै समानता व्यबहार भन्दिनोस्।

पुरूष प्रधान समाजमा भयौँ महिँला उनैका खेलौना,
शंघर्षबिना के छ महिला मुक्तिको आधार भन्दिनोस्।

आमा हजुर पेटभित्र पनि त सुरक्षित कहाँ छौँ हामि,
जन्मिन नदिएर तुहाउँछिन् गर्भमै लगातार भन्दिनोस्।

आफ्नै आमाको पेटमा असुरक्षितभए कहाँ छ सुरक्षा,
पुरूष प्रधान समाज कोछ हाम्रो बफादार भन्दिनोस।

बाटो घाटो बन जङ्गलका कुरा केगर्ने छोरीलाई आमा,
कुन देशमा छ महिँलाको हित गर्ने सरकार भन्दिनोस्।

विक्री हुन्छौँ पसुतुल्य नारी पुँजिबादको बजार भरिमा,
याहाँ कसले गर्छ यो कुसंस्कारको उपचार भन्दिनोस्।

चर्चामा

सम्बन्धित समाचार