• होमपेज
  • धार्मिक
  • आज २०८१ साल भदौ ५ गते बुधबारको राशिफल

आज २०८१ साल भदौ ५ गते बुधबारको राशिफल

  • बुधबार, भदौ ५, २०८१
आज २०८१ साल भदौ ५ गते बुधबारको राशिफल

आज २०८१ साल भदौ ५ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २१ तारिख । भद्र कृष्ण पक्षको द्वितीया तिथि । रोपाइँ जात्रा । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : विवेकले काम गर्नुपर्ने समय छ । समस्यालाई हटाएर गरेको काम सफल बन्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो आम्दानी हुनेछ । आफन्त र परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ । परोपकारी संस्थाको साथ रहनेछ । तपाईंको पक्षमा बहुमत भएकाले राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

मिथुन : ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ । लगानीका क्षेत्रमा लफडा हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ । राजनीतिमा सम्मान प्राप्त हुने योग छ । परिवारको मायाले नयाँ संस्कारको सुरुवात हुने दिन छ ।

कर्कट : आज गरेको लगानीले विवाद सिर्जना हुनेछ । हरेक काममा तनाव बढ्ने दिन भएकाले धार्मिक कार्यमा सहभागी भएर मात्र कामको सुरुवात गर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध भने कसिलो बन्नेछ । सामाजिक क्षेत्रमा गरेको योगदान भने सफल बन्नेछ ।

सिंह : तपाईंको कलाको प्रशंसा हुने दिन छ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : तपाईंले राम्रो बोलेँ भने पनि शब्दको गलत अर्थ लाग्नसक्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । राजनीतिक संगठनमा राम्रो पहुँच विस्तार हुनेछ । यसले सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको मिलाप राम्रो हुनेछ ।

तुला : बौद्धिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने साथीहरु लागि परेका छन् । इमान्दारिता र संस्कारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्।

वृश्चिक : आज तपाईंको दिन सहज नबन्ने जोखिम देखिन्छ । मन उदास बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ । कार्यक्षेत्रमा भने सफलता मिल्ने योग छ ।

धनु : श्रमको कदर स्वदेशमा भन्दा विदेशमा बढी हुनेछ । राम्रो कामको जस लिने धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीको आलोचना भए पनि परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : थोरै लगानी गरेर पर्याप्त आम्दानी हुनेछ । व्यापारमा लगानी गर्दा कार्यगत एकता गरेमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए पर्याप्त नाफा हुनेछ । प्रेम सम्बन्धमा भने झुकेर अगाडि बढ्दा सफलता मिल्ने योग छ ।

कुम्भ : धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन हात लाग्नेछ । राजनीतिमा झुटको खेती गर्नेहरुको जालमा फस्ने योग भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा तपाईंको आलोचना गर्ने र तपाईंलाई देखाएर हास्नेसँग सचेत हुनुपर्नेछ ।

मीन : आफन्तबाट टाढा बस्नुपर्ने योग छ । नबोल्ने कुरा मुखबाट फुत्किने जोखिम देखिन्छ । नखाने कुरा खान मन लाग्ने भएकाले खानपानमा सचेत बन्नु राम्रो हुनेछ । अध्ययन र शिक्षाको क्षेत्रमा अल्छीपनले सताउने देखिन्छ । बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

चर्चामा

सम्बन्धित समाचार