• होमपेज
  • कला /साहित्य
  • यो चालाले देशले काँचुलि फेर्न सक्दैन

यो चालाले देशले काँचुलि फेर्न सक्दैन

  • मङ्लबार, भदौ ४, २०८१
यो चालाले देशले काँचुलि फेर्न सक्दैन

यो चालाले देशले काँचुलि फेर्न सक्दैन,
हाम्रो व्यबहारले भ्रष्टाचार घेर्न सक्दैन।

हुदैन जबसम्म आपसमै बलियो एकता,
संसारले सकारत्मक दृष्टीले हेर्न सक्दैन।

यो दुनियाँ त रङ्गमञ्च हो भुलभुलैयाको,
धनमान यसका नाइके हुँन बेर्न सक्दैन।

कसरी हुन्छ स्वाभिमानको रक्षा देशमा,
जबसम्म दुश्मनको घाँटी शेर्न सक्दैन।

आत्म निर्भर भएन हाम्रो देश किनहोला,
नेताहरूले अमूल्य बिचार नै टेर्न सक्दैन।

भए घरघरमै लेखक बुद्धिजिवी र नेता,
तर राष्ट्रको हितमा लगातार केर्न सक्दैन।

चर्चामा

सम्बन्धित समाचार