• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रधानमन्त्री ओलीद्धारा पहिलोपटक बडिमालिकाको बारेमा शुभकामना सन्देश

प्रधानमन्त्री ओलीद्धारा पहिलोपटक बडिमालिकाको बारेमा शुभकामना सन्देश

  • आइतवार, भदौ २, २०८१
प्रधानमन्त्री ओलीद्धारा पहिलोपटक बडिमालिकाको बारेमा शुभकामना सन्देश

बाजुरा – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रसिद्ध बाजुराको बडिमालिका मेलाको बारेमा शुभकामना दिएका छन् । आइतबार बडिमालिका मन्दीरमा चलिरहेको पूजाआजाको अवसरमा बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बडिमालिका उत्सव भन्दै शुभकामना सन्देश दिएका हुन् ।

फेसबुकमार्फत भिडियो समेत पोष्ट गरेर शुभकामना दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्,“समुन्द्री सतहबाट ४२ सय मिटर उचाईमा रहेको यो तीर्थस्थल बाजुरामा पर्दछ । श्रावण शुक्ल चतुर्दशीमादेखि जनैपूर्णीमासम्म याँहा मेला भर्न नेपाल र भारतको टाढा टाढाबाट यात्रीहरु आउँछन् । बडिमालिका उत्सवको सबैलाई शुभकामना !! ”

सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकिय स्थलको प्रसिद्ध बाजुराको बडिमालिकामा पूजाका लागि आज बिहानैदेखि दर्शालु भक्तजनहरुको भीड लागिरहेको छ । हरेक बर्षको श्रावण शुक्ल चतुर्दशी अर्थात जनैपूर्णीमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने परम्परा रहेको छ । दर्शालु भक्तजन शुक्रबार त्रिवेणीमा, शनिबार बिहान त्रिवेणीमा स्नान गरेर साँझ बडिमालिकामा पुगेका छन् ।

बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णीमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।

बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्षेनी हजारौं भक्तजनहरु पुग्ने गर्दछन् । बाजुराबाट जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको टोली बडिमालिकामा परिचालित रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार