• होमपेज
  • खेलकुद
  • काभा महिला भलिबल प्रतियोगितामा सहभागी १४ खेलाडीलाई ३ लाख दिने सरकारको निर्णय

काभा महिला भलिबल प्रतियोगितामा सहभागी १४ खेलाडीलाई ३ लाख दिने सरकारको निर्णय

  • शुक्रबार, साउन ३२, २०८१
काभा महिला भलिबल प्रतियोगितामा सहभागी १४ खेलाडीलाई ३ लाख दिने सरकारको निर्णय

काठमाडौं — सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सोबारे जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार