• होमपेज
  • स्टक
  • नेप्सेमा ३० अर्बको कारोबार, हालसम्मकै उच्च

नेप्सेमा ३० अर्बको कारोबार, हालसम्मकै उच्च

  • बिहिबार, साउन ३१, २०८१
नेप्सेमा ३० अर्बको कारोबार, हालसम्मकै उच्च

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से कारोबारमा रेकर्ड ब्रेक भएको हो । आज मात्रै २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।

एक दशमलव ४५ प्रतिशतले बढेर तीन हजार विन्दुमा पुगेको छ । आज १०६ कम्पनीको मूल्य बढ्यो भने १३६ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कुल ३ लाख ११ हजार ५३६ वटा करोबार हुँदा ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर किनबेच भएको छ ।

आज पाँच उपसमूह घट्यो भने अन्य उपसमुह बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा १३४.३४ अंकले बढेको छ भने बैकिङ उपसमुह ९०.१८ अंकले बढ्यो ।

उत्पादन तथा प्रशोधन १४१.५७ अंकले घट्याे । फाइनान्स १२१.१८ अंक र जिवन बिमा १०८.३५ अंकले घट्यो । बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले घट्यो ।

चर्चामा

सम्बन्धित समाचार