• होमपेज
  • समाचार
  • राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

  • बिहिबार, साउन ३१, २०८१
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् । बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । यस्तै, सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको २१औँ वार्षिक प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्नेछन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार