• होमपेज
  • मनोरञ्जन
  • फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक

फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक

  • मङ्लबार, साउन २९, २०८१
फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक

दीपक-दीपकाको फिल्म ‘छक्का पञ्जा-५’ को गीत ‘बिहे भएको छैन’ सार्वजनिक भएको छ । असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्मको प्रचार सामग्रीको रुपमा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका नायक दीपकराज गिरी र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । भिडियोमा उनीहरु जोडीका रुपमा प्रस्तुत भएका छन् । भिडियोको अन्त्यमा केदार घिमिरे ‘माग्ने बूढा’लाई झुलुक्क देख्न सकिन्छ ।

यस गीतमा सविन सुवेदी र बेनिशा पौडेलले स्वर दिएका छन् भने दीपकराज र दीपक शर्माको शब्द रहेको छ । असोज २४ फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्ममा दीपकराज, वर्षा र माग्ने बूढा शीर्ष भूमिकामा रहेका छन् । बाँकी कलाकार भने निर्माण पक्षले गोप्य राखेको छ । यो गीतमा पनि उनीहरूलाई देखाइएको छैन । यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको निर्देशक दीपाश्री निरौला हुन् ।

चर्चामा

सम्बन्धित समाचार