• होमपेज
  • अन्तर्राष्ट्रिय
  • बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

  • शनिबार, साउन २६, २०८१
बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।

‘हाम्रा प्रधानन्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानुन मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष पठाउनेछौं’, उनले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन् ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरु न्यायाधीशको भने राजीनामा नआएको बताए ।

चर्चामा

सम्बन्धित समाचार