• होमपेज
  • बाजुरा बिशेष
  • हिमाली पहिरो अपडेट : गोरु खर्कमा पहिरोमा परि ४१ पशुचौपाया पुरीए

हिमाली पहिरो अपडेट : गोरु खर्कमा पहिरोमा परि ४१ पशुचौपाया पुरीए

  • शनिबार, साउन २६, २०८१
हिमाली पहिरो अपडेट : गोरु खर्कमा पहिरोमा परि ४१ पशुचौपाया पुरीए

बाजुरा– बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ३ बौडी स्थित गोरु खर्कमा पहिरोमा परि ४१ पशु चाैपाया मरेका छन भने पहिराेमा परि ४ जना मान्छे पनि सामान्य घाईते भएको छन् । घाईते हुनेमा  १३ वर्षकी प्रेमकला बुढा, १३ वर्षकि ललिता बुढा, ११ वर्षकि अनौटी रोकाया र ५० वर्षका हस‌ं बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप गिरीले बताएका छन ।
बिहान ९ बजेतिर बर्षासंगै गोरुखर्कमा पहिरो खसेपछी ४ जना सामान्य घाईते भएको र पशु चौपायमा भनै ठुलाे क्षेती भएको प्रहरी प्रमुख गिरीले बताए । पहिरोमा परि ४१ पशु चौपाया मरेका छन । ४१ पशु चौपायमा मध्य २० गोरु, १९ गाई र २ बाछी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख गिरीले बताए  ।

चर्चामा

सम्बन्धित समाचार