• होमपेज
  • कला /साहित्य
  • खै त आफन्ती आउँछ आउँदैन के थाहा

खै त आफन्ती आउँछ आउँदैन के थाहा

  • शनिबार, साउन २६, २०८१
खै त आफन्ती आउँछ आउँदैन के थाहा

हिंजो गरेको रहर त आज जहर भएको छ,
भर्खर आएको रिजल्टमा केन्सर भएको छ।

आमा धुरू धुरू रून्छिन् छोराको रिपोट हेर्दै,
भाइलाई भने आफ्नै सम्पतीको डर भएकोछ।

टुलुटुलु हेरिरहेको छ कहिल्यै नहेरेको छोराले,
आज प्रेमिकाको भन्दा आमाकै भर भएकोछ।

एउटै कोखबाट जन्मेका सन्तान् कस्ता कस्ता,
एउटा मुर्दाघाट पुग्दा आर्को वेखबर भएकोछ।

खै त आफन्ती आउँछ आउँदैन केथाहा भयो,
बरू लाश उठाउँने छिमेकीलाई कर भएकोछ।

तिमी भन्छौ महाकाली बिक्यो गण्डकी बिक्यो,
देशमा न जोगाई नहुँने त यही बगर भएको छ।

जीवन भरि बा आमाले परिश्रम गरेर बनाएको,
दाई-भाइ झग्डाको आधार त्यही घर भएको छ।

चर्चामा

सम्बन्धित समाचार