• होमपेज
  • शिक्षा
  • एसईई मौका परीक्षा : बाजुरामा १५ सय ८२ जना बिध्यार्थी परिक्षामा सहभागी

एसईई मौका परीक्षा : बाजुरामा १५ सय ८२ जना बिध्यार्थी परिक्षामा सहभागी

  • बुधबार, साउन २३, २०८१
एसईई मौका परीक्षा :  बाजुरामा १५ सय ८२ जना बिध्यार्थी परिक्षामा सहभागी

बाजुरा– माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजदेखी सुरु हुनेभएकाे छ बाजुरामा १ हजार ५ सय ८२ जनाले माैका परिक्षामा सहभागी हुने भएका छन । जिल्लामा पहिलो पटक बाजुराका तीन क्षेत्रमा एसइइ माैका परिक्षा सञ्चालन हुने भएको छ ।

जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरुले परिक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका छन् ।

यस बर्षको एसईईको मौका परीक्षामा कोल्टी क्षेत्र स्थित जनप्रकास मावि (क) मा १८ विद्यालयबाट २ सय ७५ र (ख) मा ४ विद्यालयबाट बाट २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक टिकाराम जोशीले बताए ।

त्यस्तै मार्तडी स्थित मालिका माविमा ७ विद्यालयबाट २ सय ७३, क्रेटरजोन एकेडेमीमा १० विद्यालयबाट १ सय ९३, भानोदय मावि केन्द्र (क) मा १५ विद्यालयबाट ३ सय ८६ र (ख) मा १४ विद्यालयबाट ३ सय ९७ विद्यार्थी सहभागी हुने प्राविधिक सहायक जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार