मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बंगलादेशी प्रधानमन्त्री हसिनाले देश छाडिन्

बंगलादेशी प्रधानमन्त्री हसिनाले देश छाडिन्

  • सोमवार, साउन २१, २०८१
बंगलादेशी प्रधानमन्त्री हसिनाले देश छाडिन्

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेकी छिन् । आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी हुन् । बीबीसीका अनुसार उनी चढेको हेलिकप्टर भारततर्फ उडेको छ । प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका हुन् ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

आइतबारदेखि बंगलादेशमा पुन: आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुन: चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार