जहाँ हाम्रो पुर्खा को इमान भेटियो। मलाइ अनुभव पिडा अनि सम्झनामा रहयो कालि तरिसकेपछिको टनकपुर। एयर बर्डको साहेताले मोबाइलबाट देउडा गित सुन्दै थिय तेति बेला ठ्याकै दाजु राजेन्द्र शाह बि पि द्वारा शृजित देउडा गितले झसक्क सम्झायो । कहिलै तं गयाकि छैकि टनकपुरका हाट ।
अनि मलाइ याद आयो र सुरु गरे
मेरो नाम जनक बिक्रम सिंह हो म २०४७साल असार को २६ गते बाजुरा जिल्लाको साबिकको बाह्रबिस गाबिस र अहिलेको बुढिगंगा नगरपालिका ९ जुवपानीमा जन्म भयो मलाइ ऎतिहासिक कुरा बुढा पाकाका कुरा सुन्न सार्है मन पर्ने हुनाले,एक दिनको कुरा हो २०५७/५८ साल तिर होला त्यस्तै असारको मैना थियो भैंसी लिएर लेख तिर बस्ने हुनाले रमाइलो पनि उत्तिकै थियो हाम्रो घरको ओल्लो पल्लो घरका धेरैको खर्क हुन्थे र बिहान यस्तै ९/१० बजे गाई गोरु भैंसी खुएर चराउन लिन्थ्यौं,टेलेटाला ,तवापण सेरा पारी सेरा पानीमुल जस्तै लेख को धेरै नाम छन ।
अन्तिममा एकै ठाउँ जम्घट भएर ,चुल्ठे देबिको थान भन्दा अलि यता बथान गडोमा बस्छौं र कुरा सुरु हुन्छ। म अहिले महेन्द्रनगर बस्छु हिजै मात्रै टनकपुर लाइ नजिक बाट हेर्न बुझ्न मन लायो र आफ्नै स्कुटिको साहारा संगै छोरा र श्रीमतिलाइ लिएर हिडियो। यहिक्रममा मलाइ मेरो बाजेले भन्नु भएको पुराना कुराको याद आयो र टनकपुरको यात्राका क्रममा बाजेले भन्नू भएको ईतिहास सुनेको कुरा यथार्थ लेखे बाजुरा बझाङ अछाम मुगु हुम्ला डोटि लगायतका जिल्ला बाट हाम्रा पुर्खा हाम्रा बाउ बाजेले यहि ठांउबाट नुन तेल लत्ता कपडा र अन्य आफुलाइ चाहिने समान लिनु हुन्थ्यो रे परिवारका केहि आवस्यकता पुरा हुन्थे कम्सेकम एक महिना डेढ महिनाको लामो समय पछि घर पुगिन्थ्यो रे । कम्सेकम ८०-९० किलो समान बोकेर लैजादै गर्दा कैयौंको बाटोमै ज्यान गएको र अहिले सम्म पनि थाहा नभएको बाजे भन्नुहुन्थ्यो।
\
अहिलेको महांकालि र उहिलेको कालिमा पुल नहुदा काठको डुङ्गा प्रयोग गरि तर्ने क्रममा कैयौंको ज्यान गयको कुरा पनि भन्नु हुन्थ्यो, मेरो त आफ्नै जेठो बाजेको बुवा प्रबाजे पनि यहि कालिमा अस्ताउनु भएको कुरा पनि मनमा ताजै थियो। अहिले मोजाको मोटर हिड्ने बाटो बनेको रहेछ यस्तै पुल भैदिएको भए किन हाम्रा बाजेले अकालमै ज्यान गुमाउनु पर्थ्यो होला । बढो मन भाबुक बन्यो मन भक्कानियो आँखा बाट आँसु झरे ! हाम्रो जिल्लाबाट महिनौ लागेर पुगिने यो ठांउ मा आज संयोगबस आफ्नै साधनमा आउन पाउदा निकै मन भक्कानियको छ, यो टनकपुर को केहिन केहि चिज हाम्रो सरिर मा पक्कै छ, भन्ने पनि लाग्यो।
यात्राका क्रममा मैले एक जना टनकपुरका पुराना ब्यपारि लाइ हाम्रा पुर्खाको बारे मा सोधे उहांले भन्नु भयाे, बाबु यो बजार नेपाल कै लागि बनेको हो नेपाली सार्है इमान्दारि हुन्छन लाटा हुन्छन। नेपाल बाट आउने मान्छे घ्यु, भटमांस, लिएर आउथ्ये हामि नुन तेल ताउला लत्ता कपडा आदि दिन्थ्यौं यहांको धेरै मान्छे करोडपति छन, तर ति मान्छे किनेर जानेहरु के छन थाहा छैन ।
आज भोलि कोहि पनि आउदैनन भने । मैले भने आजभोलि यहां पाउने सबै कुरा हाम्रो घर नजिकै पाउछ,यहा आउने कुरै भएन फेरि उनि भन्छन म सधै नेपालि दाजुभाइ लाई मान्छु भने किनकी इमान नेपालिको जति अरु कसैको छैन भने धेरै कुरा समय छोटो थियो घर फर्किनु पर्ने हुनाले हस भन्दै आफ्नै बाटो लागे। मेरो मनमा लाग्यो ती टनकपुर बाट १ सय किलो बोकेर बाजुरा पुग्ने वीर पनि हाम्रै पुर्खा हुन,अहिले हामी दुई पाइला हिड्न पनि नसक्ने ती बिरका सन्तान भन्न पनि लाज लाग्छ,वीर कहिले पनि मर्दैन ती वीर हुन हाम्रा पुर्खा।
अन्तमा टनकपुर लाई नजिक बाट बुझे हाम्रा पुर्खाले देखेको रेल्गाडी थोत्रो अवस्थामा थियो बजार निकै नयाँ भैसकेको रहेछ ब्यापार आधुनिक खाले भएछ,कैयौ हाट जांन्या हट्यारु बगाउने कालीमा ठुलै पुल परेछ,उति बेला ब्यापार गर्ने ब्यपारी बूढो छन कैयौं छैन पनि मैले बुझेको इमान मात्रै ठूलो कुरा रहेछ । मेरो पुर्खाहरुको टनकपुर संगको सामिपप्यता केही छैन अब मात्रै इमान कहिले नमर्ने गरेर अम्मर बनेको छ,बनिरहोस पनि । फेरि फर्किउला टनकपुर बाइ भन्दै नेपाल फर्किए ।