• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा बाढीका कारण १३ जनाको मृत्यु

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

  • शुक्रबार, साउन १८, २०८१
भारतमा बाढीका कारण १३ जनाको मृत्यु

देहरादून– भारतमा बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले शुक्रबार देहरादून क्षेत्रमा बाढीमा फसेका सयौँ तीर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् ।

अस्वाभाविक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् ।

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले बताएका छन् ।

हिन्दू धर्मावलम्बिहरुको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको सुमनले बताए ।

चर्चामा

सम्बन्धित समाचार