• होमपेज
  • सेलिब्रेटी
  • सुदुरका कलाकारको स्वरमा किन्दिनु बबले झुम्काना तिज गित सार्बजनिक (भिडियो सहित)

सुदुरका कलाकारको स्वरमा किन्दिनु बबले झुम्काना तिज गित सार्बजनिक (भिडियो सहित)

  • बिहिबार, साउन १७, २०८१
सुदुरका कलाकारको स्वरमा किन्दिनु बबले झुम्काना तिज गित सार्बजनिक (भिडियो सहित)

बाजुरा– बिषेश फिल्मसले किन्दिनु बबले झुम्काना नामक नयाँ तीज गीत २०८१ सार्बजनिक गरेको छ । किन्दिनु बबले झुम्काना गितमा सुदुरपश्चिमका हस्ती कलाकारहरुको स्वर रहेको छ । जसमा हेमन्त भट्टराई,गौरी भट्ट,रेखा जोशी,शोभा थापा,निरुता खत्री,दिपा दिपा रोकाया,पशुपति खनाल, भावना चन्द,कृष्ण सिराडी,ऋतु थापा, गौरी ओझा सिमरन दुलाल,अनिता साउद लगायतका कलाकारहरुकाे स्वरमा रहेको छ ।

हेमन्त भट्टराइको शब्द रहेको सो गितको संगीत पनि आफैले भरेका छन । संगीत संयोजनमा विजय थापा र म्युजिक एरेन्ज पनि थापाकै रहेको छ । हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजलाई लक्षित गरी बनाएको किन्दिनु बबले झुम्काना गितले हिन्दु नारीहरुको संस्कार र संस्कृतीलाई झल्काएको छ । बिषेश गरि किन्दिनु बबले झुम्काना गितमा सुदुरपश्चिमका चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहेको छ । किन्दिनु बबले झुम्काना गितमा अहिलेको परिबेशलाई लिएर शब्दहरुमार्फत प्रस्तुतीकरण गरिएको छ ।
हेमन्त भट्टराई/गौरी भट्ट/रेखा जोशी/शोभा थापा/निरुता खत्री/दिपा दिपा रोकाया/पशुपति खनाल/भावना चन्द/कृष्ण सिराडी/ऋतु थापा/गौरी ओझाको बिषेश प्रस्तुती रहेको साे गितले हिन्दु नारीहरुकाे संस्कारलाइ झल्काइएकाे छ । प्रबिन थापाको निदेर्शनमा बनेको सो गितमा सिम्रन दुलाल, अनिता साउँद लगायतका कलाकारहरु समेत  रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार