• होमपेज
  • समाचार
  • धनगढी नगर क्षेत्रका समस्या संकलन, छुटेको भए ७ दिनभित्र टिपाउन ब्याग्स अफ होपद्धारा आह्वान

धनगढी नगर क्षेत्रका समस्या संकलन, छुटेको भए ७ दिनभित्र टिपाउन ब्याग्स अफ होपद्धारा आह्वान

  • बिहिबार, साउन १७, २०८१
धनगढी नगर क्षेत्रका समस्या संकलन, छुटेको भए ७ दिनभित्र टिपाउन ब्याग्स अफ होपद्धारा आह्वान

धनगढी–  ब्याग्स अफ होपका युवाले धनगढी उपमहानगरपालिकाका टोल-टोलमा पुगेर त्यहाँका नागरिकका आधारभूत समस्याको पहिचान गर्दैै संकलन गरेका छन् । उपमहानगरपालिकाका १९ वटै वडाका ८५ टोलमा पुगेर स्थाानीयसँग प्रत्यक्ष भेटघाट गरेर युवाहरुले समस्याको पहिचान गरेका हुन् ।
उनीहरुले विभिन्न कारणले पुग्न नसकेका टोलहरुबाट समेत समस्या संकलन गर्न थप ७ दिनको समय दिएका छन् । ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले भौतिक रुपमा उपस्थित भएर समस्याको पहिचान र संकलन गर्न नसकेका ठाउँका स्थानीयलाई बुधबार(आज) देखि ७ दिनको समय दिइएको जानकारी दिए ।
उनकाअनुसार ब्याग्स अफ होपका कार्यक्रम संयोजक दिपेश बोहोराको ९८६२५२५९७५ र अध्यक्ष जोशीको ९८२४६२१४८८ नम्बरको वाट्सअप मार्फत स्थानीयले आफ्नो गाउँ तथा टोलको समस्या संकलन गराउन सक्नेछन् । नगरबासीले समस्या टिपोट गराउँदा वडा तथा टोलको नाम र समस्याबारे प्रष्ट लेख्नुपर्ने अध्यक्ष जोशीले बताए ।
ब्याग्स अफ होपले धनगढी उपमहानगर क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याको पहिचान गर्दै डिकोडिङ धनगढीज सरोज नामक किताब प्रकाशन गर्ने जनाएको छ । संस्थाका कार्यक्रम संयोजक दिपेश बोहोराले धनगढी नगरबासीले भोग्नुपरेका समस्या समेटिएको किताब प्रकाशन गरिने जानकारी दिए ।
उक्त किताबमार्फत नियामक निकायहरुलाई पहिचान भएका समस्या सामाधान गरि नगरबासीको सहज जिवनयापन गर्ने वातावरण सिर्जना गर्न दबाब सिर्जना गरिनेछ । किताबमा उपमहानगरपालिकाका समस्याहरुको गम्भीरताका आधारमा वर्गीकरण समेत गरिनेछ ।
उक्त किताबलाई औपचारिक कार्यक्रम आयोजना गरि सार्वजनिक गर्दै नगर प्रमुख, प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीसहितका जिम्मेवारी व्यक्ति तथा निकायलाई हस्तान्तरण गरिने ब्याग्स अफ होपले जनाएको छ । ब्याग्स अफ होपले यसअघि काठमांडौँका ठुला क्याम्पसहरुमा अध्ययन गदै आएका विद्यार्थीसँग सांसद कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री एनपी साउद, जनमत पार्टीका अध्यक्ष सीके राउत, पूव मन्त्री प्रकाशशरण महत, जनार्दन शर्मा लगायतका वक्ताहरुलाई राखेर अन्तरसंवाद गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार