• होमपेज
  • अन्तर्राष्ट्रिय
  • इस्माइल हनियाको मृत्युमा हमासले के भन्यो ?

इस्माइल हनियाको मृत्युमा हमासले के भन्यो ?

  • बुधबार, साउन १६, २०८१
इस्माइल हनियाको मृत्युमा हमासले के भन्यो ?

रफाह– तेहरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्याबारे हमासले विज्ञप्ति जारी गरेको छ । एक वरिष्ठ अधिकारीले हमासले यसको जवाफ अवश्य दिने बताएका छन् । हमासद्वारा सञ्चालित अल अक्सा टेलिभिजन च्यानलका अनुसार मुसा अबु मारजुकले यसलाई कायरतापूर्ण कार्य भनेका छन् र यसको जवाफ दिने बताएका छन् । यसबारे इजरायलले कुनै आधिकारिक बयान जारी गरेको छैन । तर केही नेताहरूले यसबारे प्रतिक्रिया दिएका छन् ।

हानियाको मृत्युले संसारलाई राम्रो ठाउँ बनाउने सम्पदा मन्त्री अमिचाय इलियाहुले सामाजिक सञ्जालमा भनेका छन् । ‘संसारबाट यस प्रकारको फोहोर सफा गर्ने यही सही तरिका हो,’ अमिचायले आफ्नो पोस्टमा लेखेका छन् । इ

जरायली रक्षा बल (आईडीएफ)ले भने यस विषयमा टिप्पणी दिन मानेको छैन । विदेशी सञ्चार माध्यमहरूमा हानियाको मृत्युबारे आइरहेको खबरमा आफूले कुनै प्रतिक्रिया नजनाउने आईडीएफले सीएनएन र फ्रान्सेली समाचार एजेन्सीलाई भनेको थियो ।

चर्चामा

सम्बन्धित समाचार