न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्ले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ । धिरबहादुर चन्द, जनक पाण्डे, श्यामजी प्रधान, धुव्रराज नन्द, हरिप्रसाद पौडेल, राज्यलक्ष्मी बज्राचार्य, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी र रामेश्वर रेग्मी उपत्यका भन्दा बाहिर सरुवा भएका छन् ।
विशेष अदालतका रितेन्द्र थापा, रामबहादुर थापालाई कायमै राखिएको छ । त्यस्तै वासुदेव आचार्यलाई उच्च अदालत विराटनगरबाट सरुवा गरेर श्रम अदालत काठमाडौँको अध्यक्ष बनाएको छ । मंगलबार बसेको परिषद्को बैठकले उच्च र जिल्ला अदालतमा ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।
त्यस्तै देशभरका जिल्ला अदालतमा कार्यरत रहेका ६५ जना न्यायाधीशको सरुवा पनि परिषद्ले गरेको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले सरुवा गरेको हो ।