• होमपेज
  • बडिमालिका
  • १६ लाख ऋण लाग्दा काठ्माण्डौ गएका लाल बहादुर ऐडीकाे कथा

१६ लाख ऋण लाग्दा काठ्माण्डौ गएका लाल बहादुर ऐडीकाे कथा

  • मङ्लबार, साउन १५, २०८१
१६ लाख ऋण लाग्दा काठ्माण्डौ गएका लाल बहादुर ऐडीकाे कथा

 घरको आथिक अवस्था कमजोर थियो । व्यापार व्यवसाय गर्ने पैसा थिएन । परिवार पाल्न कठिन भएपछि बडीमालिका नगरपालिका-८ गड्खेतका ४१ वर्षिय लाल बहादुर ऐडीले २०७१/०७२ मा आज भन्दा १० वर्षअघि बडीमालिका नगरपालिका वडा नं. ८ बाउलीमा करिब २ रोपनी जग्गामा कुनै प्राविधिक तरिका उन्नत वीउ र बलौटे जग्गामा आलु र प्याज र अन्य तरकारी खेती सुरु गर्नुभयो । त्यतिवेला घरमै खानको लागि मात्र तरकारी लगाउने चलन थियो ।

अहिलेको जस्तो बजार थिएन, होटेलहरुमा पनि खासै स्थानिय तरकारीको विक्रिवितरण पनि थिएनन् । तरकारी खाने चलन पनि थिएन । त्यसैले तरकारी पनि विक्री हुदैन्थ्यो । उहाँले २०७२ सालमा आफ्नै घरायसी वीउको सदुपयोग गरि पहिलो पटक बारीमै रु ३ सय आम्दानी गरेका थिए । कुनै लगानीको अन्दाज नै नगरि पहिलो पटक आलुबाट ३ सय रुपैया कमाउनु भएको उहाँले भन्नुभयो, ‘तरकारी खेती गर्ने जग्गा खासै राम्रो थिएन बलौटे माटो थियो, मल थिएन ।

No description available.

घरायसी काम, परिवारको पालन पोषण, अन्य विविध कारणबाट १६ लाख ऋण लाग्यो र त्यो कमाईले उक्त ऋण तिर्न सकिने अवस्था थिएन । काठ्माण्डौमा बस्दै आएकि आफ्नै साली नाता पर्ने पुनम रावलको सम्पर्कमा रहि काठ्माण्डौको थानकोटमा २ रोपनी जग्गा भाडामा लिई टमाटर खेति सुरु गरे र २ रोपनी जग्गाबाट राम्रो आम्दानी भएपछि पुनः २ रोपनी जग्गा भाडामा लिई जम्मा ४ रोपनी जग्गामा टमाटर खेती गरि करिब ४ बर्षको काठ्माण्डौ बसाईमा आफ्नो परिवारको सम्पुर्ण खर्च कटाएर ८ लाख रुपैया ऋण तिरे । काठ्माण्डौ काम गर्दाको अनुभव, बुवा आमा गाउँघरमा, देविदेउता पुजाआजाको कामकाजको लागि पटक पटक आउने जाने गर्नुपर्ने भएकोले अव यही सिप र जागरलाई आफ्नो ठाउमा नै प्रयोग गर्नुपर्छ भनेर २०७९ साल कार्तिकमा बाजुराको बडीमालिका वडा नं. ८ गड्खेतमा छिमेकीको ३ रोपनी जग्गा भाडाँमा लिएर आफ्नै लगानीमा ६ वटा प्लाष्टिक घर निर्माण गरि पहिलो पटक काठ्माण्डौको राम्रो फाईदाबाट प्रभावित भएर नै व्यवसायिक रुपमै तरकारी खेती गर्ने निर्णयमा पुगेको थिए ।

त्यतिवेला गड्खेतमा प्रेम रावल र जंग रावलले सामान्य तरकारी खेती गर्नुहुन्थ्यो । तरकारी खेती गर्ने उहाँहरु गाउँकै पहिलो साना व्यावसायिक किसान पनि हुनुहुन्थ्यो । उहाँकै सल्लाह र काठ्माण्डौको बसाई र अनुभव अुनसार ऐडीले तरकारी खेती सुरु गर्नु भएको थियो । विगत सम्झदै उहाँले भन्नुभयो, ‘परिवार पाल्न समस्या, बाकी रहेको ऋण तिर्न र बजारमा तरकारीको माग भएपछि  तरकारी खेतीमा हात हाले । सुरुमै राम्रो आम्दानी भयो । त्यसपछिका वर्षहरु एकपछि अर्कोगदै तरकारी खेती विस्तार गर्दै गए ।

ऐडीले मार्तडी बजारमा रहेका खुद्रा तरकारी व्यापारीहरु संग तरकारी किन्ने उहाँहरुवीच संझौता भयो । त्यसपछि ऐडीलाई तरकारी विक्री गर्न  समस्या पनि भएन । धेरै संर्घष र चुनौतिका चाङहरु छिचोल्दै अहिलेको अवस्थामा आइपुगेको पनि उहाँले बताउनु भयो । राम्रो तरकारी उत्पादक व्यवसायी भएकोले कृषि ज्ञान केन्द्र बाजुराबाट प्रोत्साहन अनुदान स्वरुप रु १ लाख ५० हजार नगद प्राप्त भएपछि २०८० सालमा थप ४ रोपनी भाडामै लिएर जम्मा ७ रोपनी जग्गा भाडामा लिई १२ वटा प्लाष्टिक घर निर्माण गरि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले बन्दा, काउली, टमाटर, भेन्टा, खुर्सानी, लौका, करेला, काँक्रा, साग, धनिया, लसुनको खेती गदै आउनु भएको छ । उहाँले मार्तडी बजारमा रहेका तरकारी पसल,  फलफुल तथा तरकारी पसल र  गिफ्ट नेपालको दिवाखाजामा तरकारी उपभोग सम्वन्धिको कार्यक्रम अन्तरगत सदरमुकामको मालिका नमुना उच्च माध्यामिक विद्यालयलाई प्रतिदिन २४ केजि ताजा तरकारी उपलब्ध गराउदै आएका छन ।

No description available.

सदरमुकामकै नमुना कृषक ऐडीले तरकारी खेतीबाट वर्षेनी मनग्य आम्दानी गदै आउनु भएको छ । तरकारी बेचेर उहाँले गतवर्ष सम्म मात्र ७ देखि ८ लाख रुपैया आम्दानी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गतवर्ष गिफ्ट नेपालबाट मात्रै ३ लाख रकम आम्दानी गरेका छु । उनले बडीमालिका नगरपालिकाबाट ५० प्रतिशत जग्गाभाडा अनुदान  सहित विभिन्न सिजनको तरकारीको वीउको साथै प्राविधिक सेवा पाईरहेकाछन । गिफ्ट नेपाल र कृषि ज्ञान केन्द्र बाट विभिन्न वीउविजन र प्राविधिक सेवा पाईरहेका छन । यस बर्षबाट ३-४ लाख रुपैया आम्दानी गर्ने लक्ष्य थियो तर असिनापानी र रोगकिराको प्रकोपले तरकारीमा क्षेति पुर्याएकोले सोचे अनुसारको आम्दानी भएन ।  असिनापानी र रोगकिराले क्षेति गरेन, भने यो वर्ष  ४-५ लाख रुपैया आम्दानी पुग्छ होला ।

तरकारीको आम्दानीबाट ऐडीले आफुमा भएको ऋण तिर्दै आएका छन, काठ्माण्डौमा छोरी कम्प्यूटर साईन्स पढाई रहेका छन र छोरालाई प्लस टु होटल म्यानेजमेन्ट पढाएर जापानको तयारि गराईरहेका छन । उहाँले बैसाखदेखि असोज-कार्तिकसम्म टमाटर,  सिमी, वोडी, चिचिन्डा, काँक्रा, लौका जस्ता लहरे तरकारी र कार्तिक-मंसिरदेखि चैत्र -बैसाखसम्म काउली बन्दा, टमाटर लगाउनु हुन्छ । तरकारीमा सिचाई गर्ने पाइप किन्ने पैसा नहुँदा कुनै वेला अरुलाई ऋण मागेर पाइप किन्नु भएका उहाँले अहिले आफुले सिकेको ज्ञान र सीप अरु किसानलाई बाँडदै आउनु भएको छ । पहिला पैसा चाहिएको वेला कसैले पत्याउदैन्थे, अहिले सवैले आशा गर्छन । अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्छु । अहिले सवैको विश्वास जितेको छु, उहाँले भन्नुभयो ।

तरकारी खेतीमा उत्कृष्ट किसानको रुपमा चिनिदै आउनु भएका ऐडीले आफ्नो सफलताको श्रेय श्रीमति विष्ना देवि ऐडीलाई दिनुहुन्छ । तरकारी खेती गरेर अहिलेको अवस्थामा आइपुग्न श्रीमतिको ठुलो प्रेरणा छ उहाँले भन्नुभयो, ‘श्रीमतिको सहयोग नपाएको भए, सायद यो  सफलता प्राप्त गर्न कठिन हुन्थ्यो । घरपरिवारको साथ पाएकै कारण ऐडीले तरकारी व्यवासायलाई अझ विस्तार गर्ने सोच बनाउनु भएको छ । त्यसको लागि उहाँले हिमाल बहुउद्धेश्यीय कृषि तथा पशुपन्छी फर्म समेत दर्ता गर्नु भएको छ ।

 बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र र अन्य संघसंस्थाहरुको सहयोग प्राप्त भए १५ रोपनि जग्गा भाडामा लिई थप तरकारी खेति गर्ने योजना छ ।  बेमौसमी तरकारी खेती गर्न गडखेतमा रहेको कृषक समुहमा आवद्ध ऐडीले आयोजनाले तरकारी व्यवसायीसँग सम्वन्ध स्थापित गरेको पनि बताउनु भयो । हाल समुहका अन्य सदस्यले पनि तरकारी खेति गरि बार्षिक रुपमा २० लाख बराबरको तरकारी बेचविखनको कारोबार रहेको उहाँ बताउछन । यो बर्षमात्र समुहमा कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानको रोडकोरीडोरमा तरकारी खेति परियोजना अन्तरगत 1 लाख 50 हजार रुपैया अनुदान सहयोग गरेको थियो । समुहले  आयोजनाको सहयोगमा प्लाष्टिक घर निर्माण, प्लाष्टिक सिट, मल्चिङ्ग प्लाष्टिक, टनेल हाउस, डिजिटल तराजु, क्रेट, स्प्रेयर, झारी, बीउ खरिदमा सहयोग, प्राविधिक सेवा खरिद गरेको थियो ।

आयोजनाले प्लाष्टिक घर निर्माण गरिदिएपछि तरकारीबाट दोब्बर आम्दानी लिन सफल भएको ऐडीले  बताउनु भयो । प्लाष्टिक घर नहुदा समुहका सदस्यहरुको खासै आम्दानी हुदैन्थ्यो तर प्लाष्टिक घर निर्माण भएपछ दोव्वर आम्दानी हुन थालेको छ । निरन्तर प्ररिश्रम गरे दुखपछि अवश्य सुख आउँछ भन्दै उहाँले मिहिनेत गरे आफनै खेतवारीमा मनग्य आम्दानी गर्न सकिन उल्लेख गर्नुयभो । स्वदेशमा काम पाइएन भन्दै विदेश जानेलाई सुझाव दिदै उहाँले भन्नुभयो दुख सुख गरे गाउँमै सुन फलाउन सकिन्छ विदेश जानुपदैन । विदेशमा बनाउने पसिना स्वदेशमै बगाए नाम र दाम दुवै हुन्छ । तरकारी खेतीलाई व्यसायिक रुपमा अघि बढाउन सरकारले किसानलाई नयाँ नयाँ प्रविधिमा सुविधा, सस्तो ऋण र अनुदान सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

संकलन रमेश वि.क.

नायव प्राविधिक सहायक

बडीमालिका नगरपालिका कृषि विकास शाखा

चर्चामा

सम्बन्धित समाचार