• होमपेज
  • समाज
  • बाजुराको धार्मिक धरोहर बुढिनन्दा परिसरमा घेरबार तथा सरसफाई

बाजुराको धार्मिक धरोहर बुढिनन्दा परिसरमा घेरबार तथा सरसफाई

  • आइतवार, साउन १३, २०८१
बाजुराको धार्मिक धरोहर बुढिनन्दा परिसरमा घेरबार तथा सरसफाई

बाजुरा — जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको धार्मीक आस्थाको केन्द्र बुढिनन्दा मन्दिर परिसरमा घेरवार तथा सरसफाई गरिएको छ । बुढिनन्दा नगरपालिका खेलकुद शाखाको आयोजनामा घेरबार तथा सरसफाई गरिएको हो । समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटर उचाईमा रहेको बुढिनन्दा भगवतीको मन्दिरमा घेरवार लगाईएको पत्रकार तथा खेलाडी महेश कार्कीले बताएका छन । बर्षाको समय भएकोले धेरै उचाईमा खेलाडीहरुले साहसका साथ काम गरि सफल भएको उनको भनाई रहेको छ ।
विश्वमै सर्वाधिक उचाईमा रहेको ताल तिलिचो र त्यसपछिको रेकर्डमा गनिन सक्ने ताल समेत नेपालमै छ भन्ने धेरैका लागि नौलो लाग्न सक्छ । तर, बाजुराको बुढीनन्दा क्षेत्रमा रहेको बुढिनन्दा ताल विश्वकै दोस्रो उचाईमा भएर पनि ओझेलमा छ । हालसम्म धार्मिक आस्था र अपार प्राकृतिक सुन्दरताका दृष्टिले महत्वपूर्ण मानिएको बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि यस क्षेत्रको महत्व भने बढेको छ ।

May be an image of 8 people and fog
बुढीनन्दा रहेको ताल मन्दिरसंगै चट्टानै-चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अन्य सात वटा ताल पनि छन् । मुख्य तालको उचाई ४ हजार ५ सय ८१ मिटर रहेको छ । तालको लम्वाई, चौडाई तथा गहिराई वारे आधिकारिक तथा विस्तृत अध्ययन भने भएको छैन् । ‘मुख्य तालको वरिपरि परिक्रमा गर्न करिब सवा घण्टा लाग्छ’, बुढिनन्दा नगरपालिका ३ का वडा अध्यक्ष जंगबिर रोकायाको भनाई रहेको छ । यो ताल ठुला पहाडहरु बिचमा गोलो आकारमा रहेको उनको भनाई छ ।

May be an image of 11 people, people climbing, mountain and fog
सो मन्दिरमा बर्षको एक पटक साउन पुणर्िमाको चतुर्दशीको दिन मेला लाग्ने गर्दछ । यस बर्षमा भदौमा साउन पुणर्िमा रहेकोले चिसो बढ्ने भएकोले अगाडी नै सो क्षेत्रको सरसफाई र ब्यबस्थापन गरिएको बुढिनन्दा नगरपालिका खेलकुद प्रशिक्षक तथा अन्तराष्ट्रिय खेल निणर्ायक हिमाल खड्काले बताए । करिव २० जनाको खेलाडीहरुको टिमले बास बस्ने ठाउँहरुको सरसफाई र व्यवस्थापन गर्नुका साथै मुख्य मन्दिर क्षेत्रमा तिर्थालु भक्तजनहरुको सहजताका लागि घेरवार लगाईएको खड्काले बताए ।

May be an image of 8 people
बुढिनन्दानगर पालिका खेलकुद शाखाको आयोजनामा बुढिनन्दा मन्दिर परिसर ब्यबस्थापनका लागि बुढिनन्दा नगर पालिकाका खेलकुद प्रशिक्षक हिमाल खडका ,तेक्वान्दो प्रशिक्षक ओम प्रकाश लामा ,लगायत उसो खेलाडी खकिना रोकाया , वसन्त गिरि, र तेक्वान्दोका खेलाडी अनिल बोहोरा, सागर खडका ,मिलन बिस्ट ,विशाल सिंह ,निशा भन्डारी , शुनिल बोहोरा, प्रदिप जेठारा ,पुस्प बिस्ट लगायतको टोली सो ठाउँको सरसफाई तथा व्यवस्थापनमा गएको बुढिनन्दा नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता जंगबिर रोकायाले बताए । सो टोली संगै धल्पुरा र कैलाशका धामी समेतको सहभागीता रहेको उनले बताए ।

May be an image of 3 people and fog
बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । ‘लौरी बिनायक, खेतीबेती, बर माग्ने डाडो, गाई गोठ, धौली गाड, धन भडार, छाप्रे पाटन लगायतका मनमोहक स्थानहरु बुढीनन्दामा छन् । प्रकृति प्रेमी हरेकले एक पटक बुढीनन्दा पुग्नैपर्ने बताउछन । त्यँहा पुग्ने बाटोमा ठूल्ठूला झरनाहरु अनि पाटनहरुमा कैयौ प्रजातीका रङ्गीचङ्गी फुलहरुले संसारकै सुन्दर बगैचाहरुको झझल्को दिने बुढिनन्दा पुगेर फर्केकाहरु सुनाउँछन् ।

May be an image of 4 people, people climbing, mountain, grass and fog
बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन-भदौ महिना हो । जनैपूणर्िमामा त्यहाँ भब्य मेला लाग्दछ । यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चार दिन पैदल हिड्नु पर्दछ । बुढीनन्दा भगवतीका नामले त्यस क्षेत्रको नामाकरण भएको किवदन्ती छ । प्राकृतिक सुन्दरता संगै आस्तिकहरुका लागि धरोहर पनि हो बुढीनन्दा । बुढीनन्दा ताल छेवैमा भगवतीको मन्दिर छ । त्यहाँ जाने भक्तजनहरुले मन्दिरमा भक्तिभावले पुजाआजा गर्ने गरेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहाराले बताए ।

May be an image of 8 people and grass
ताल तथा मन्दिर रहेको स्थान नजिकै करिब आधा दिनको क्षेत्रमा खाली खुट्टाले हिड्नु पर्ने स्थानीय बासिन्दाहरु बताउँछन् । ‘यस बीचमा चट्टानै चट्टानमा हिड्नुपर्ने धार्मिक परम्परा छ’, नगर प्रमुख बोहराले भने । बाटोमा होटलहरुको ब्यबस्था नभएपनि गोठालाहरुले दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्ने गर्दछन् ।

चर्चामा

सम्बन्धित समाचार