• होमपेज
  • समाचार
  • आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • शनिबार, साउन १२, २०८१
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

बाजुरा–  देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार