शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

  • बिहिबार, साउन १०, २०८१
योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौं— मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सदस्यहरुमा आरती बिच्छा, रमेश सिंह, गीता पौडेल, जयबहादुर टण्डन, प्रकाश श्रेष्ठ र गंगादत्त अवस्थी नियुक्त भएका छन् ।

उपाध्यक्ष नियुक्त भएका अधिकारी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुन् । उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए ।

उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका उनले पहिलो पटक योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका हुन् ।

सन् २०१० मा थाइल्यान्डको चुलालोङकर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनका अर्थशास्त्र, विकासका मुद्दाहरू र सार्वजनिक वित्तका क्षेत्रमा १०० भन्दा बढी जर्नल र लेखहरू प्रकाशित छन् ।

चर्चामा

सम्बन्धित समाचार