• होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पाण्डे दुर्घटनास्थल जाँदै

प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पाण्डे दुर्घटनास्थल जाँदै

  • बुधबार, साउन ९, २०८१
प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पाण्डे दुर्घटनास्थल जाँदै

काठमाडौं —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्यहाँको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे विमानस्थल जाँदैछन्। दुर्घटनाको खबर पाएलगत्तै प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पाण्डे विमानस्थल जान लागेका हुन्।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। पाइलट मनिष शाक्यलाई उद्दार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ।

मर्मतका लागि पोखरा जाँदै गरेका विमानमा १७ जना इन्जिनियर र दुईजना क्रू मेम्बर सवार थिए। धावन मार्गबाट 0-2 बाट उडेको थियो। पाँच सय फिटको उचाइमा पुगेको जहाजलाई देव्रेतिर मोड्ने क्रममा दुर्घटनामा परेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार