• होमपेज
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले बुधबार शपथ लिने

लुम्बिनीका मुख्यमन्त्री आचार्यले बुधबार शपथ लिने

  • मङ्लबार, साउन ८, २०८१
लुम्बिनीका मुख्यमन्त्री आचार्यले बुधबार शपथ लिने

तुलसीपुर– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८:३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ ९१० बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

चर्चामा

सम्बन्धित समाचार