• होमपेज
  • समाचार
  • सेती र महाकाली नदीमा ३ दिनसम्म बाढीको जोखिम

सेती र महाकाली नदीमा ३ दिनसम्म बाढीको जोखिम

  • मङ्लबार, साउन ८, २०८१
सेती र महाकाली नदीमा ३ दिनसम्म बाढीको जोखिम

 सुदूरपश्चिममा तीन दिनसम्म बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ । वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको सतह बढिरहेकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी दुई नदी र सहायक नदीहरूमा अझै तीन दिनसम्म पानीको सहत बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरेको छ । यसका साथै आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

चर्चामा

सम्बन्धित समाचार