शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

  • आइतवार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत पर्‍यो ।

संसदमा आइतबार २६३ जना उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार