• होमपेज
  • राजनीति
  • आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझावपत्र

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझावपत्र

  • शुक्रबार, साउन ४, २०८१
आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझावपत्र

काठमाडौं — नेकपा एमालेले सरकारलाई सुझावपत्र बुझाएकाे छ।

पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् ।

आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए ।

‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताए ।

चर्चामा

सम्बन्धित समाचार