शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • त्यही हो जो हिजो घोर प्रतिगामी

त्यही हो जो हिजो घोर प्रतिगामी

  • शुक्रबार, साउन ४, २०८१
त्यही हो जो हिजो घोर प्रतिगामी

त्यही हो जो हिजो घोर प्रतिगामी थियो,
त्यसको बिरूद्धमा शङ्घर्ष नामी थियो।

आफुलाई हेर्दा झसिङ्ग भयौँ आइनामा,
भन्छ आज म भन्दा त उहि दामी थियो।

थाहा छ भनाई र गराईमा त फरक हुन्छ,
आफै बोक्सी थियो र आफै धामी थियो।

ऊ जो सँग मिलेर प्रतिगामि खेल खेल्दैछ,
हिँजो एक नम्बरको त्यही हरामि थियो।

केहि पनि होइन जनतालाई बनाए उल्लु,
पुर्नजिवित गराउँने हिंजो मलामी थियो।

उखान टुक्का भन्ने हुन सङ्घीयतामै रम्ने,
हो आकास तर्फ थुक्नु नै बद्नामि थियो।

चर्चामा

सम्बन्धित समाचार