• होमपेज
  • राजनीति
  • बधाई दिँदा खादा–माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह

बधाई दिँदा खादा–माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह

  • बुधबार, साउन २, २०८१
बधाई दिँदा खादा–माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा-माला प्रयोग नगर्न अनुरोध गर्छु।

शुभकामना दिन दैनिक सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीहरूका शुभेच्छुकहरूको भिड लाग्न थालेपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार