• होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिकाद्धारा बिभिन्न क्षेत्रमा योगदान पुगाएका ब्यक्तीलाई सम्मान

बुढीगंगा नगरपालिकाद्धारा बिभिन्न क्षेत्रमा योगदान पुगाएका ब्यक्तीलाई सम्मान

  • बुधबार, साउन २, २०८१
बुढीगंगा नगरपालिकाद्धारा बिभिन्न क्षेत्रमा योगदान पुगाएका ब्यक्तीलाई सम्मान

बाजुरा– बुढीगंगा नगरपालिकाले नगरपालिका भित्र बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तीलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले सम्मान गरेको हो । २०८१ असार १० गते भएको दशौ नगरसभाबाट नगरको बिकाश र सहकार्यका लागि योगदान गरेका ब्यक्तीलाई सम्मान गर्ने सिफारीस सहित मंगलबार नगरको बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरि सम्मान गरेको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

No description available.
जसमा नरसिंह गिरी शैक्षिक सम्मान समाजसेवी भक्त बहादुर शाहलाई प्रदान गरिएको छ । त्यसै गरी शेर बहादुर शाह समाजसेवा सम्मान मन्तिदेवी जैशी शर्मालाई प्रदान गरिएको नगर प्रमुख बानियाले बताए ।

No description available.
त्यस्तै गरि रत्नाकर जोशी साहित्य पुरस्कार साहित्यकार राजेन्द्र शाह वि.पी.लाई प्रदान गरिएको छ भने, चेतनदिप ऐडी सफल उद्यमी पुरस्कार युवा ब्यबासायी लाल बहादुर सिंहलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यस बर्षको कुसल तथा उत्कृष्ठ निर्माण व्यावसायी सम्मान बुढिगंगा नगरपालिकाकाकै निर्माण व्यवासायी शुरत बहादुर शाहलाई प्रदान गरिएको जनाएको छ ।

No description available.
त्यसै गरी राष्ट्रसेवक कर्मचारी बिशिष्ठ योगदान सम्मान सोही नगरपालिकामा कार्यरत निजामती कर्मचारी राजेन्द्र बहादुर बिष्टलाई दिईएको छ । त्यसै गरी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा बिशिष्ठ योग्दान गरेको भन्दै स्वास्थ्यकर्मी तारा कुमारी शाहीलाई स्वास्थ्य क्षेत्रमा बिशिष्ठ योगदान सम्मानबाट सम्मान गरिएको नगरपालिकाले जनाएको छ । त्यसै गरी महिला उद्यमी कोकीला बिष्टलाई उत्कृष्ट महिला उद्यमी सम्मान गरिएको छ ।

No description available.
सम्मानीत हुने ब्यक्तीहरुलाई नगद सहित दोसल्लाले सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले बताएका छन । बुढिगंगा नगरपालिकामा २०७९ को स्थानिय तहबाट निर्बाचित जनप्रतिनीधी आईसकेपछी सो कार्यक्रम अगाडी सारिएको र निरन्तर कार्यक्रम अन्तरगत यो बर्ष पनि गरिएको प्रमुख प्रशासकिय अधिकृत नाथले बताए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार