• होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिकाद्धारा हिंसा पिडित महिलाहरुलाई बाख्रा बितरण

बुढीगंगा नगरपालिकाद्धारा हिंसा पिडित महिलाहरुलाई बाख्रा बितरण

  • बुधबार, साउन २, २०८१
बुढीगंगा नगरपालिकाद्धारा  हिंसा पिडित महिलाहरुलाई बाख्रा बितरण

बाजुरा– बुढीगंगा नगरपालिकाले १० जना हिंसा पिडित महिलाहरुलाई बाख्रा बितरण गरेको छ । बुढीगंगा नगरपालिकाका हिंसा पिडित महिलाहरुलाई प्रति महिला २० हजार बरावरका बाख्रा वितरण गरिएको हो । नगरपालिकाले एक कार्यक्रमका बिच हिंसामा परेका महिलालाई प्रत्यक वडाबाट एक जना पिडीतलाई समाबेश गरी बाख्रा बितरण गरेको नगर उप प्रमुख माया कुवर खड्काले बताएकी छन ।
हिंसा पिडित महिलाहरुलाई नगरपालिकामा बोलाएर समाबेशी तरिकाबाट नगर उप प्रमुख खड्काले एक कार्यक्रमका बिच बाख्रा हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
उप प्रमुख खड्काले २ सय ३६ वटा लैङ्गिक हिंसा प्रभावितहरूको पहिचान गरी ४२ जनालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत सेवा प्रदान गरिएको र बुढीगंगा नगरपालिकाका १० जना हिंसा पिडित महिलाहरुलाई प्रति महिला २० हजार बरावरका बाख्रा वितरण गरिएको बताईन । यस अघि उपप्रमुख महिला लक्षित कार्यक्रम अन्तर्गत २० जना हिंसा पीडित महिलाहरूलाई आयआर्जनका लागि उन्नत जातका बाख्रा वितरण गरिएको बताएकी छन ।
नगरपालिकाका १० वटै वडाहरूमा सामुदायिक मनोसामाजिक विमर्शकर्ता खटाई लैंगिक हिंसा रोकथाम सम्बन्धी ८ हजार ५ सय ७६ जनालाई अभिमुखीकरण गरिएको र सो कार्यक्रमलाई निरन्तरता दिदै आएको नगर उप प्रमुख खड्काले बताएकी छन । नगरपालिकाका ३ सय ७५ जना सुत्केरी तथा गर्भवती महिलाले पोषण प्याकेज प्राप्त गरेका छन् भने ३ वटा वडाहरूलाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार