• होमपेज
  • समाचार
  • सुदूरपश्चिम लगायत यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

सुदूरपश्चिम लगायत यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

  • बुधबार, साउन २, २०८१
सुदूरपश्चिम लगायत यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

बाजुरा– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार