• होमपेज
  • क्रिकेट
  • एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित

एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित

  • मङ्लबार, साउन १, २०८१
एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित

श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ ।

आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले ११० रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि भी बालासूर्याले ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । आर नेर्थान्जलीले २६ र सेवान्दनीले १० रन बनाए ।

नेपालका लागि बलिङमा कविता जोशीले सर्वाधिक ३ विकेट लिइन् । कृतिका मरासिनीले २ र कविता कुँवरले १ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ३ छक्का र १ चौकासहित सर्वाधिक ३७ रन बनाइने । बिन्दु रावलले २०, सीता राना मगर १५, इन्दु बर्मा ११ र सम्झना खड्काले १० रन बनाइन् ।

श्रीलंकाकी डि थेनाकोनेले सर्वाधिक २ विकेट लिइन् । आर सेवान्दी, एस इदुवारी र पी मेथासारीले समान १/१ विकेट लिए । श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन् ।

नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते समुह चरणको अन्तिम खेल खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार