• होमपेज
  • राजनीति
  • सरकार ढलेपछि समाजवादी मोर्चाको बैठक

सरकार ढलेपछि समाजवादी मोर्चाको बैठक

  • मङ्लबार, साउन १, २०८१
सरकार ढलेपछि समाजवादी मोर्चाको बैठक

काठमाडौं— समाजवादी मोर्चाको बैठक सुरू भएको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बैठक सुरू भएको हो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन्। दाहाल नेतृत्वको सरकार ढलेपछि मोर्चाको पहिलो बैठक बसेको हो। बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विपल्व) सहभागी छन्। बैठकमा आबद्ध पार्टीका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भइरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार