• होमपेज
  • कला /साहित्य
  • दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा

दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा

  • सोमवार, असार ३१, २०८१
दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा

मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्,
कताकति उनैको बासस्थान सुनका घर हुन्छन्।

जसले तरास्यो ढुङ्गा र बनायो आकार मूर्तिको,
दुनियामा उनिरू नै वेघर हुन्छन् वेकदर हुन्छन्।

दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा,
सँगसँगै चियान बनेका उनिहरूका रहर हुन्छन्।

आगो सबथोक नष्ट गर्छ तर आगोलाई पानी ले,
कम न आँक उसैले बनाएको याहाँ बगर हुन्छन्।

सरकार बदलेर मात्र केही हुनेवाला छैन देशमा,
जब देश शुरक्षित हुन्छ र तव आत्मनिर्भर हुन्छ।

विदेशीहरूले यो देशलाई घेरेको देख्छु सधैभरी,
जति बिरोध गरेपनि हामिले किन वेअसर हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार