• होमपेज
  • राजनीति
  • कांग्रेसका मन्त्रीहरु : गृहमा लेखक, परराष्ट्रमा आरजु, कानुनमा अजय चौरसिया

कांग्रेसका मन्त्रीहरु : गृहमा लेखक, परराष्ट्रमा आरजु, कानुनमा अजय चौरसिया

  • सोमवार, असार ३१, २०८१
कांग्रेसका मन्त्रीहरु : गृहमा लेखक, परराष्ट्रमा आरजु, कानुनमा अजय चौरसिया

नेपाली कांग्रेसका नेताहरु मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार हुनेछ । एक नेताका अनुसार एकाध बाहेक अधिकांश नाम टुंगो लागेको छ ।

स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन । उनले रक्षा मन्त्रालय भए सहज हुने बताएका थिए । तर भागबण्डामा त्यो एमालेलाई परेका कारण मन्त्रालय टुंगो लागेको छैन । ‘उहाँले उपप्रधानमन्त्री भए सरकारमा जान्छु भन्नु भएको थियो, त्यो भयो,’ एक नेता भन्छन्, ‘मन्त्रालयमा यो नै हुनुपर्छ भन्ने छैन ।’

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछन् । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् । दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने सम्भावना छ ।

मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन्, तर अहिलेसम्म उनको मन्त्रालय टुंगिएको छैन । शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो ।

तर सभापति देउवाले ३ तीन मात्र दिनसक्ने भनेका छन् । अब ककसलाई पठाउने भनेर टुंगो लगाउने शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।

चर्चामा

सम्बन्धित समाचार