• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा आर्थिक बर्ष २०८१।०८२ को दररेट निर्धारण (सुचीसहित)

बाजुरामा आर्थिक बर्ष २०८१।०८२ को दररेट निर्धारण (सुचीसहित)

  • शनिबार, असार २९, २०८१
बाजुरामा आर्थिक बर्ष २०८१।०८२ को दररेट निर्धारण (सुचीसहित)

बाजुरा– बाजुरामा अगामी आर्थिक बर्ष २०८१।०८२ का लागि दररेट निर्धारण गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय बाजुराले आर्थिक बर्षका लागि ज्याला, ढुवानी तथा स्थानीय निर्माण सामग्रीहरुको दररेट निर्धारण गरि सार्वजनिक गरिएको जनाएको छ । श्रमिकको ज्याला, स्थानीय संकलन तथा ढुवानीको छुट्टाछुटै दररेट निर्धारण गरिएको छ ।

त्यस्तै बडिमालिका मुल मन्दिर क्षेत्र, त्रिवेणी पाटन र बुढीनन्दा मन्दिर तथा पाटन क्षेत्र र हिमाली गाउँपालिका १,२ र ३ लगायतका ३ हजार मिटर भन्दा उचाई बढी भएका क्षेत्रमा निर्माण कार्यको ढुवानी र दक्ष, अदक्ष ज्यामीको निर्धारित दररेटमा ५० प्रतिशतले थप गर्ने निणर्य गरिएको छ । तयसैगरि खप्तड क्षेत्रमा निर्माण कार्य गराउँदा ४० प्रतिशत थप गरि दररेट कायम गर्ने, गौमुल गाउँपालिकाको पौदाली र अन्द्राणीमा ४० प्रतिशत र बडिमालिका नगरपालिका ६ को कालाजाग्रा क्षेत्रमा ३० प्रतिशत ढुवानी भाडा जोडेर दररेट कार्य गर्ने निणर्य गरेको प्रशासनले जानकारी दिएको छ ।
हेर्नुहोस् निर्धारित दररेट

जिल्ला_दररेट_2081.082

चर्चामा

सम्बन्धित समाचार