• होमपेज
  • कला /साहित्य
  • आफुले त आफैलाई अब्बल भन्छन्

आफुले त आफैलाई अब्बल भन्छन्

  • शनिबार, असार २९, २०८१
आफुले त आफैलाई अब्बल भन्छन्

जब सम्म देशभक्त र देशको बफादार हुँदैन,
त्यो वेला सम्म जुन आएपनि सरकार हुँदैन।

आफुले त आफैलाई अब्बल भन्छन् सबैले,
देशमै जन्मिएर मात्र देशका कर्णधार हुँदैन।

मानिसले पनि किन चमत्कार खोज्छ सधै,
फुकेर ढाल्ने फाटे टाल्ने कुनै औतार हुँदैन।

भन्छन् देशमा अचेल समाजवाद नै आयो,
सरकारमा हुन्छ उस्को राम्रो व्यबहार हुँदैन।

यो देश छिमेकी सँग व्यापार हुन्छ महंगो,
देशको हितमा कहिल्यै पनि व्यापार हुँदैन।

चर्चामा

सम्बन्धित समाचार