• होमपेज
  • समाज
  • नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रुबस बगायो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रुबस बगायो

  • शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रुबस बगायो

चितवन— चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बस बगाएकाे छ । केही यात्रुहरु समेत बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने नखुलेको जनाएको छ ।

७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार