• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

बाजुरामा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

  • मङ्लबार, असार २५, २०८१
बाजुरामा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर २ स्थित बल्देमा मोटर साईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा बुढीगंगा नगरपालिका-५ घर भएका मोटर साईकल चालक हिमाल थापा र जुम्ला जिल्ला घर भई डिभिजन बन कार्यालय बाजुरामा कार्यरत क्रमचारी श्रीराम रावत रहेका छन ।
मंगलबार विहान सदरमुकाम मार्तडीबाट फालासैन बजार जाँदै गरेको सु.प.प्र ०१-०१० प ९५९१ नम्वरको मोटरसाइृकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ल प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा परेका दुवै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनाग्रस्त मोटरसाईकल बल्दे प्रहरी चौकीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार